अब देशमा जनताले आन्दोलन गर्नुनपर्ने वातावरण बनाउनुपर्छः उपेन्द्र यादव

अब देशमा जनताले आन्दोलन गर्नुनपर्ने वातावरण बनाउनुपर्छः उपेन्द्र यादव
+
-

काठमाडौँ– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशमा राजनीतिक प्रतिबद्धता र स्थायित्वले मात्रै नेपाली जनताले फेरि आन्दोलन गर्न नपर्ने वातावरण सुनिश्चित हुने बताएका छन्।

उनले शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै मधेसका मुद्दा सम्बोधन गर्न तत्काल संविधान संशोधन तथा परिमार्जन गर्नुपर्नेमा जोड दिए।

निर्वाचन प्रणाली तथा शासकीय सुधार र नागरिकताको समस्या समाधान गर्नुपर्ने उनले बताए। सरकारले आन्दोलनपछि गरिएका सम्झौता, सहमति र प्रतिबद्धता पूरा गर्न अब ढिलो गर्न नहुने बताए।

उनले भने, ‘वास्तवमा सबै समुदायको राष्ट्रिय पहिचानलाई सुरक्षित बनाएर मात्रै नेपालको विशिष्ट पहिचान सुरक्षित हुनेछ। त्यसलाई व्यवहारमा लागू गर्ने दायित्व हामी सबै नेपाली जनता, राजनीतिक दल र कार्यकर्ताको हो।’

संवैधानिक अंगलाई अझ सक्षम निष्पक्ष, क्रियाशील र प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको विकासलाई अझ संस्थागत गर्न नेपाली कांग्रेसको महाधिवेशनबाटै उचित कदम चाल्नसमेत नेता यादवले आग्रह गरे।

विगतमा भए, गरेका कमीकमजोरी हटाए मात्रै राजनीतिक अस्थिरता, दिशाहीनता र अन्योलता अन्त्य गर्न सकिने उनले बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष