‘चुनाव जित्न कसैसँग गठबन्धन गर्नु पर्दैन’

‘चुनाव जित्न कसैसँग गठबन्धन गर्नु पर्दैन’
+
-

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा जित सुनिश्चित गराउने काममा ध्यान केन्द्रित गर्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गरेका छन्।

भक्तपुरको गठ्ठाघरमा शनिबारदेखि सुरु भएको पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले पार्टीमा अन्य पार्टीबाट प्रवेश गर्नेहरूको लहर ल्याउने र आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित हुने गरी जनताबीच पुग्न पनि पार्टीका नेता–कार्यकर्तालाई सचेत गराए।
उनले जनता आफ्नो पार्टीको साथमा रहेकाले आगामी निर्वाचनमा विजयी हुन पार्टीले कुनै पनि मोर्चाबन्दी गरिरहन नपर्ने दाबीसमेत गरे।
अध्यक्ष ओलीले आगामी निर्वाचनलाई ध्यानमा राखेर सुदृढ र विस्तृत संगठन निर्माणमा ढिलाइ गर्न नहुने स्पष्ट पारे।

उनले पार्टीका नेतालाई हरेक वडा तहमा जाँदा पनि त्यहाँको पाँच मुख्य कामबारे जानकारी लिएर आउन कडा निर्देशन दिएका थिए।

जनताको चाहनाअनुसार विकास, निर्माणलाई अघि बढाउन हाम्रो पार्टीले अब सबै तहमा जाँदा त्यहाँको मुख्य–मुख्य पाँच कामबारे जनतालाई सोधेर आउनुपर्ने, त्यसरी आउँदा मात्रै आगामी दिनमा जनताको चाहनाअनुसार पार्टीेले काम गर्न सक्ने अध्यक्ष ओलीको भनाइ थियो।

उनले भने, ‘नेताहरूलाई जनताबीच जाँदा जनता ‘पार्टीमा प्रवेश गर्नेहरूको लहर नै ल्याउँछाँ। ताजा जनादेशमा जाने कुरामा हाम्रो ध्यान जानेछ। यी कुरालाई ध्यानमा राखेर हाम्रो विजयलाई सुनिश्चित बनाउन हामी अत्यन्तै संगठित र सक्रिय भएर जनताबीच जानुपर्छ। हाम्रो पार्टी सुदृढ र विस्तृत बनाउनुपर्छ।’

कुनै मोर्चास्वर्चासँग गठबन्धन गरिरहनु नपर्ने उनले बताए। उनले भने, ‘जनता हाम्रो साथमा छन्। जनताको साथमा हामी छौँ। जनताको सेवकका रूपमा जनताबीच पुगेर समस्या बुझ्छौँ। यसपछि हामी जनताबीच केही प्रश्न पनि लिएर जान्छौँ। स्थानीय तहमा, हामीले त्यस ठाउँमा, त्यस वडामा पाँच वटा गर्नुपर्ने अरू काम के हुन्? के हुनुपर्छ ? भन्ने जनता चाहन्छ ? ती प्रश्न लिएर जान्छौं, जसबाट भोलिका निम्ति विकास निर्माण गर्दा कुन–कुन आयोजना कसरी राख्नुपर्ने रहेछ? ती कहाँ–कहाँ रहेछ भन्ने हामी थाहा पाउँछौं। हामीले प्रश्न सोध्नुपर्छ यस वडामा हामीे पाँच वटा महत्वपूर्ण काम के–के गर्नुपर्छ? यस पालिकामा महत्वपूर्ण पाँच वटा काम के–के हुन्? यस प्रदेश निर्वाचन क्षेत्रमा महत्वपूर्ण काम पाँच वटा के हुन्? अथवा यस संसदीय निर्वाचनको क्षेत्रमा पाँच वटा महत्वपूर्ण काम के–के हुनुपर्छ ? यस जिल्लामा सर्वाधिक महत्वका पाँच वटा काम के गर्नुपर्छ ? र, यस प्रदेशमा सर्वाधिक महत्वका पाँच वटा काम के गर्नुपर्छ ? यस हिसाबले प्रश्नहरू नै लिएर के चाहन्छन् जनता? जस्ता कुरा पनि लिएर जान्छौँ।’

अध्यक्ष ओलीले पार्टी मातहतका सबै जनवर्गीय संगठनलाई अविलम्ब अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न निर्देशन दिए। उनले अधिवेशन नभई जनवर्गीय संगठनको नेतृत्व परिवर्तनको काम भएकाले अब छिटोभन्दा छिटो अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्दा मात्रै जनवर्गीय संगठन कामकाजी हुने स्पष्ट पारे। उनले पार्टीको चालु केन्द्रीय कमिटी बैठकले कार्यविभाजन पनि गर्ने भएकाले पाएको जिम्मेवारी तीव्रतासाथ पूरा गर्न नेताहरूलाई सचेत गराए।

उनले भने, ‘हाम्रा जिल्ला अधिवेशन, प्रदेश अधिवेशन, त्यसपछि चुनावको तयारीसँगसँगै हामीले जनवर्गीय, पेसागत सामुदायिक संगठनमा निश्चित अवधि तोकेर जनसंगठनको हामी अधिवेशन गर्छौं। त्यसकारण अहिले जनसंगठनहरुमा भइरहेको नेतृत्व अधिवेशन नगरेर नेतृत्व परिवर्तन भइरहने स्थिति छ।

त्यसैले अहिलेको नेतृत्वको छिटोभन्दा छिटो अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्छ। अहिलेको जनसंगठनको नेतृत्वले अविलम्ब अधिवेशन आयोजना गरेर त्यसका लागि अवधि तोकिनेछ।

अबको हाम्रो काम भनेको अत्यन्तै गतिशीलताका साथ, तीव्र गतिका साथ हाम्रा काम हुनेछन्।’ अध्यक्ष ओलीले पार्टीका नेताले देश र जनताको सेवक भएर काम गर्नुपर्ने दोहो¥याए। उनले राष्ट्रको अभिभारा एमालेको काँधमा रहेको उल्लेख गर्दै पार्टीले सोहीअनुसारका गतिविधिलाई अघि बढाउनुपर्ने बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष