भोलि नवउत्थान सम्मेलन हुने

भोलि नवउत्थान सम्मेलन हुने
+
-

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघले आगामी बुधबार काठमाडौंमा कोभिडपछिको नवउत्थान सम्मेलन आयोजना गर्ने भएको छ।

विश्वव्यापी रूपमा देखा परेको कोभिड १९ को महामारी प्रकोपबाट अर्थतन्त्रमा परेको प्रभावका साथै अर्थतन्त्रलाई अझ बढी गतिशील तथा चलायमान बनाउन हुनुपर्ने व्यवस्थासहित छलफल गर्ने उद्देश्यले महासंघले उक्त सम्मेलन आयोजना गर्न लागेको हो।

कोभिड–१९ बाट बढी प्रभावित क्षेत्र पर्यटन तथा मनोरञ्जन, साना, घरेलु तथा मझौला उद्यम व्यवसाय, निर्यातका साथै बैंकिङ क्षेत्रमा केन्द्रित रहेर उक्त सम्मेलन आयोजना गरिनेछ। सम्मेलनको मुख्य विषय ‘बदलिँदो परिस्थितिमा तीव्र र दिगो आर्थिक वृद्धिको बहस’ रहेको छ।

सम्मेलन, अर्थतन्त्रलाई पुनः चलायमान कसरी बनाउने, समस्या समाधानका उपाय के–के हुन सक्छन्, कसरी थलिएको व्यवसाय क्षेत्रलाई पुनरुत्थान मात्र नभई व्यवसायमा थप ऊर्जा भर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुनेछ।

सम्मेलनको प्रमुख अतिथि अर्थमन्त्री जनार्दन शर्मा हुुनेछन्। महासंघको सचिवालय टेकुमा मंसिर २९ गते बुधबार बिहान ९ः३० बजेदेखि सुुरु हुने सम्मेलन साँझ ६ बजेसम्म चल्नेछ। सम्मेलनको उद्घाटन सत्रलाई अर्थमन्त्री शर्मा, महासंघका अध्यक्ष शेखर गोल्छा, आइएलओ नेपालका निर्देशक डा. रिचर्ड हवार्ड र महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सम्बोधन गर्नेछन्।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष