वीरगञ्ज भन्सारमा ७ हजार मेट्रिक टन रासायनिक मल अलपत्र

वीरगञ्ज भन्सारमा ७ हजार मेट्रिक टन रासायनिक मल अलपत्र
+
-

काठमाडौँ – सरकारले किसानका लागि ल्याएको ७ हजार मेट्रिक टन रासायनिक मल वीरगञ्ज भन्सारमा एक वर्षदेखि अलपत्र परेको छ।
गत वर्ष किसानले धान बालीमा रासायनिक मल समयमा हाल्न पाएका थिएनन्।

सरकारले विदेशबाट खरिद गरेर ल्याएको मल गुणस्तरहीन भएको भन्दै भन्सार पास नहुँदा वीरगञ्जको सुक्खा बन्दरगाहको खाली भागमा अलपत्र परेको हो।

सरकारले खरिद गरेर ल्याएको मल भारतको कोलकता बन्दरगाहमा धेरै समय बसेको थियो। कोलकाता बन्दरगाहका बंगालको खाडीमा आएको ‘अम्फन’ आँधीका कारण मल भिजेर नेपाल आएको थियो। कोलकाताबाटै ड्यामेज भएर नेपाल ल्याइएको थियो। कोलकाता भन्सारमा छाड्न नमिलेकाले वीरगञ्ज बन्दरगाहमा ल्याएर खाली भागमा अलपत्र छाडिएको छ।

ड्यामेज भएर मल भन्सारमा आएकाले राख्न समस्या भएकाले बाहिर खाली भागमा राखिएको भन्सार कार्यालयले जनाएको छ।
भिजेको मलले गोदाम मात्रै ओगटेको र त्यसको व्यवस्थापन गर्न नसकिएका कारण बन्दरगाहको खाली भू–भागमा अलपत्र तरिकाले मल फालिएको छ।

उक्त मल गत वर्ष साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ग्लोबल टेन्डरमार्फत खरिद गरेको थियो। ०७६।७७ मा साल्ट ट्रेडिङले आपूर्तिकर्ता स्विस सिंगापुर ओभरसिजसँग २५ हजार मेट्रिक टन मलका लागि सम्झौता गरेको थियो।

उक्त मल ०७७ असोज १८ गते बन्दरगाह २३ सय मेट्रिक टन डीएपी र भदौ पहिलो साता २५ सय मेट्रिक टन (५० हजार बोरा) मल आइपुगेको थियो।

सरकारले खरिद गरेर ल्याएको मल बन्दरगाहमै कामै नलाग्ने गरी फालिएको छ। किसान भने अहिले पनि रासायनिक मल नपाएर बालीमा हाल्न पाएका छैनन्।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष