
काठमाडौँ – सूर्यविनायक नगरपालिका–३ स्थित बालकोटको अधिकारी टोलमा नेचर सुपर मार्केट प्रालिको तेस्रो शाखा सञ्चालनमा आएको छ। कलाकार दीपाश्री निरौला र सूर्यविनायक–३ का अध्यक्ष शिववरण खत्रीले सोमबार संयुक्त रूपमा शाखा शुभारम्भ गरेका हुन्।
गत वर्ष कात्तिकदेखि काठमाडौँको मैतीदेवी चोकबाट सञ्चालनमा आएको नेचर सुपर मार्केटले सेवा विस्तार गर्ने क्रममा जडीबुटीको नरेफाँटपछि यो शाखा सञ्चालनमा आएको हो।
‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ सञ्चालनमा आएको सुपरमार्केटले बजारको माग र आमउपभोक्ताको आवश्यकताअनुसार गुणस्तरीय खाद्यान्न तथा ग्रोसरी सामान ग्राहकमाझ उपलब्ध गराउने प्रालिका अध्यक्ष जनक धामीले जानकारी दिए।
‘बालकमोट आसपासका उपभोक्तालाई सहज रूपमा खाद्यान्न तथा ग्रोसरी सामान उपलब्ध गराउन शाखाले सहयोग पु¥याउनेछ,’ उनले भने।