नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र फ्रान्सेली राजदूत जिल बुर्बाओबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र फ्रान्सेली राजदूत जिल बुर्बाओबीच भेटवार्ता
+
-

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सेली राजदूत जिल बुर्बाओबीच सोमबार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ।

सो अवसरमा आपसी आर्थिक व्यापारिक सम्बन्ध विस्तार, कृषि, पर्यटन, नवीकरणीय ऊर्जालगायत क्षेत्रमा संयुक्त लगानी विस्तारमा छलफल भएको हो।

भेटवार्तामा राजदूत बोरबाओको महासंघ सचिवालयमा स्वागत गर्दैै अध्यक्ष गोल्छाले कोभिडले कमजोर बनेको नेपालको अर्थतन्त्रलाई माथि उठाउन बाह्य सहयोग आवश्यक रहेकोमा जोड दिए। यो दुुई वर्षको दौरानमा नेपाली अर्थतन्त्रले धेरै चुुनौती सामना गर्नुपरेको पनि बताए।

सरकारको सहयोग र निजी क्षेत्रको धैर्यतापूर्वक काम गर्ने शैलीका कारण अर्थतन्त्र ठूलो दुर्घटनाबाट जोगिएको स्पष्ट पार्दै अझै खतरा भने टरिनसकेकाले अर्थतन्त्रका आधार बलियो बनाउने कार्यमा निजी क्षेत्र लागेको बताए।

यसका लागि महासंघले अर्थतन्त्रको मुुख्य आधारशिलाका रूपमा रहेको साना तथा मझौला उद्यम व्यवसायका लागि तत्काल पुुनरूत्थानमा जोड दिएको दिए।

महासंघले आगामी दश वर्षमा नेपालको अर्थतन्त्रको सुखद परिकल्पना गरी भिजन पेपर ल्याएको र त्यसलाई सफल पार्न पर्याप्त बाह्य एवं आन्तरिक लगानी आवश्यक रहेकोमा जोड दिए। नेपाल सरकारबाट समेत महासंघको उक्त दस्ताबेजलाई अपनत्व लिई कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेपालमा फ्रेन्च लगानीका लागि सहयोग गर्न पनि अध्यक्षले आग्रह गरे। नेपालमा लगानीका प्रशस्त सम्भावना छन्। बाह्य लगानीका लागि सरकारी अनुुकूल नीति र बाह्य लगानीकर्तालाई हार्दिकतापूर्वक स्वागत गर्ने निजी क्षेत्रको चाहना रहेकाले लगानीका लागि सहयोग गर्न आग्रह गरे। भौगोलिक अवस्था र युवाहरूले भरिएको मुुलुक भएकाले नेपालमा गरेको लगानीबाट पर्याप्त लाभ उठाउन सकिने पनि स्पष्ट पारे।

अध्यक्ष गोल्छाले फ्रेन्च राजदूतावास र महासंघको नजिकको सहकार्यमा परिणामदायी कार्य हुुनेमा महासंघ विश्वस्त रहेको र राजदूतबाट महत्वपूर्ण सहयोग पाउने आशा महासंघले गरेको बताए।

राजदूत जिल बुर्बाओले महासंघले अगाडि सारेका सहकार्यका प्रस्तावमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

‘हामी धेरै क्षेत्रमा छरिनुुभन्दा पनि ठोस र परिणामदायी रूपमा काम गर्न सकिने क्षेत्र पहिचान गरी अगाडि बढौं, सफलता हासिल हुन सक्छ,’ राजदूतले भने, ‘नवीकरणीय ऊर्जा, कृषिको उत्पादकत्व वृद्धि, पर्यटन, विद्युतीय सवारी साधनलगायत क्षेत्रमा सहकार्य गर्न सक्छौं।’

उनले महासंघ र राजदूतावासबाट विगतमा सम्पन्न भएका महत्वपूर्ण कार्यक्रमका सम्बन्धमा स्मरण गराए।

भेटवार्तामा महासंघका उपमहानिर्देशक गोकर्णराज अवस्थी, फ्रान्सेली राजदूूतावासका चार्ज डि मिसन दीपेशकुमार बिडारी, महासंघका उपनिर्देशकद्वय अरुण श्रेष्ठ र विदुरचन्द्र लामिछानेको उपस्थिति थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष