काठमाडौँ – सर्वोच्च अदालतको आदेशलाई देखाउँदै राष्ट्रिय खेलकुद परिषद्-राखेप सदस्यसचिवको पदभार सम्हाल्न आउन लागेका रमेश सिलवाल रोकिएका छन्। सिलवालको हाजिर हुन आउने तयारीपछि त्रिपुरेश्वरस्थित राखेप परिसरमा शुक्रबार बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो।
तर सर्वोच्च अदालतको आदेशमा सिलवाललाई काम गर्न दिनेबारे स्पष्ट उल्लेख नभएको पाइएपछि प्रहरी एकाएक सिलवाललाई कार्यालय प्रवेश गर्न नदिने तयारीमा जुटेको थियो। बिहान ११ बजे हाजिर हुने तयारी गरेका सिलवाल अझैसम्म त्यहाँ पुगेका छैनन्। सिलवालले आफूलाई प्रहरीले प्रशासनसँग बुझेर आउन खबर गर्ने बताएको जानकारी दिए।
‘मैले मेरा कानुन व्यवसायीसँग बुझ्दा आदेशमा मलाई काम सुरु गर्न बाटो खुलेको जानकारी पाएकाले त्यहीअनुसार तयारी गरेको थिएँ। तर प्रहरीले हामी खबर गर्छौँ भन्नु भएपछि रोकिएको हुँ’, सिलवालले भने।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले सिलवाललाई ‘पदभार सम्हाल’ भन्ने आदेश नै नभएको बताए।
‘सिलवाललाई हटाउने र टंकलाल घिसिङलाई नियुक्त गर्ने दुवै निर्णय यथास्थितिमा राख्नु भनेको हो। पुस १२ गते अन्तरिम आदेशका लागि छलफलमा दुवै पक्षलाई बोलाएकाले त्यतिबेलासम्म सदस्यसचिव पद रिक्त रहने छ’, प्रवक्ता दाहालले भने।
सिलवाल आफूलाई इजलासले मौखिक रुपमा ‘तपाईले अब काम गर्न मिल्छ’ भने पनि लिखितमा फरक आएको बताए। ‘मलाई काम गर्न लगाउनु भनेर लेखिएको भए कुरै सकिन्थ्यो। तर मलाई काम गर्न नलगाउनु पनि भनिएको छैन’, सिलवालले भने।
सिलवालले छलफलपछि निर्णय लिने बताए। ‘मैले काम सुरु गर्न मिल्दैन नि भन्ने अवस्था हो भने मैले काम सुरु गरेँ भने अदालतको आदेश प्रतिकूल होला। त्यसैले थप छलफलपछि निर्णय गर्नेछु’, उनले भने।
यस्तो छ आदेश-


                                                                                                                    
                                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































