भारतमा ‘ओमिक्रोन’ देखिएपछि सीमाक्षेत्रमा कडाइ

भारतमा ‘ओमिक्रोन’ देखिएपछि सीमाक्षेत्रमा कडाइ
+
-

बुटवल– भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि सीमाक्षेत्रमा कडाइ गरिएको छ। स्वास्थ्य सेवा विभागको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सीमा क्षेत्रमा कडाइ गरेको हो।

विभागले मंसिर १५ मा सीमा नाकामा कडाइ गर्न निर्देशन दिएपछि सतर्कता बढाएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए।

रुपन्देहीको सीमानाका बेलहियामा कोरोना संक्रणम नियन्त्रणका लागि स्वास्थ्य कार्यालय, सीमाक्षेत्रको स्थानीय तह सिद्धार्थनगर नगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, रेडक्रस र स्वास्थ्यमा काम गर्ने संस्थाहरुको सहयोग र समन्वयमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र स्वयम्सेवक परिचालन गरिएको छ।

सीमामा आउने व्यक्तिसँग सोधपुछ र पीसीआर रिपोर्ट हेर्ने गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए।

भारतबाट आएका मालबाहक गाडीका चालक र सहचालकको पीसीआर रिपोर्ट हेर्ने गरिएको छ भने भारतबाट आउने नेपाली नागरिकको सामान्य स्वास्थ्य परीक्षण र सोधपुछ गर्ने गरिएको छ। विदेशी नागरिकलाई भने पीसीआर रिपोर्ट बिना प्रवेश दिइएको छैन।

कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनका संक्रमित फेला परेपछि भारतीय सुरक्षाकर्मीले पनि कडाइ गर्न थालेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?