कांग्रेसको १४औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका ‘हेभिवेट’ नेता पराजित

कांग्रेसको १४औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका ‘हेभिवेट’ नेता पराजित
+
-

बुटवल– नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका केही हेभिवेट नेता पराजित भएका छन्। उपसभापतिदेखि केन्द्रीय सदस्यसम्म उम्मेदवारी दिएका लुम्बिनीका केही हेभिवेट नेता पराजित भएका हुन्।

रुपन्देहीबासी गृहमन्त्री बालकृष्ण खाँण खुला केन्द्रीय सदस्यतर्फ तेस्रो बढी मतसहित विजयी हुँदै गर्दा लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षणमन्त्री दाङका सुरेन्द्र हमाल केन्द्रीय सदस्यमा पराजित भए। संस्थापन समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका उनले १२०३ मत मात्र पाए।

उपसभापतिमा इतर समूहबाट गुल्मीका चन्द्र भण्डारी तथा सहमहामन्त्रीमा संस्थापन समूहबाट उम्मेदवार बनेका अर्घाखाँचीका मानबहादुर विक विजयी हुन सकेनन्।

कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्र प्रसाद कनौडियाले पनि केन्द्रीय सदस्य जित्न सकेनन्। लुम्बिनीको सत्तारुढ गठबन्धनको हुनेवाला मुख्यमन्त्रीसमेत रहेका उनी संस्थापनतर्फबाटै उम्मेदवार बनेका थिए। खुला सदस्यमा उम्मेदवारी दिएका उनले १५१९ मत ल्याए।

यस्तै पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिव रहेका रूपन्देहीका गोकर्ण पौडेल, पाल्पाका पुराना नेता हरि नेपाल, गुल्मीका पूर्वसांसद त्रैलोक्यप्रताप सेनले केन्द्रीय सदस्य जित्न सकेनन्।

दाङका दीपक गिरी, बर्दियामा वामदेव गौतमलाई हराएर चर्चामा आएका सञ्जयकुमार गौतम, योजना आयोगका पूर्वउपाध्यक्ष प्यूठानका डा. गोविन्दराज पोखरेल र कृष्णकिशोर घिमिरे केन्द्रीय सदस्य बनेका छन्।

कांग्रेस पदाधिकारीमा लुम्बिनीबाट एकजनामात्रै निर्वाचित भए। बर्दियाका किशोरसिंह राठौर सहमहामन्त्रीमा विजयी भएका हुन्। समावेशीतर्फ उम्मेदवारी दिएका केन्द्रीय सदस्यहरुको भने अन्तिम नतिजा आउन बाँकी छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?