केएमसीले नियमविपरीत लाखौँ ठगिरहेको विद्यार्थीहरुको आरोप

केएमसीले नियमविपरीत लाखौँ ठगिरहेको विद्यार्थीहरुको आरोप
+
-

काठमाडौँ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकटअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौँ मेडिकल कलेज (केएमसी), मेडिकल सन्चालक सुनील शर्मा, मणिपाल कलेज तथा नोबेल मेडिकल कलेजले एमबीबीएस—२०२१ ब्याचका विद्यार्थीबाट नियमविपरीत लाखौँ रकम ठगिरहेको तथा विद्यार्थी र अभिभाकमाथि अन्यायपूर्ण व्यवहार गरेको आरोप लगाएको छ।

शुक्रबार युनियनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मेडिकल माफिया सुनील शर्मा तथा अन्य मेडिकल कलेजको यो हर्कतको हाम्रो संगठन घोर निन्दा गर्छ।’

चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय, स्थानीय प्रशासन, विद्यार्थी संगठन, अभिभावक र सम्बन्धित विद्यार्थी कसैको पनि कुरा नसुनी नीति, नियम, निर्देशन र अनुशासन उल्लंघन गरेका उक्त मेडिकल कलेजलाई विद्यार्थीका माग पूरा गर्न, चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयको निर्देशन कडाइसाथ कार्यान्वयन गर्न पनि माग गरिएको छ।

साथै, विज्ञप्तिमा होस्टलमा बस्ने—नबस्न विषय ऐच्छिक र विद्यार्थीको स्वनिर्णय हुने तथा विद्यार्थीले सम्पूर्ण शुल्क विश्वविद्यालयमै एमकुष्ट बुझाइसकेको अवस्थामा चिकित्सा शिक्षा आयोग, विश्वविद्यालय र स्थानीय प्रशासनको स्पष्ट नीति र निर्देशन हुँदाहुँदै उक्त मेडिकल कलेजले गरेको ठगीको भत्र्सना गरिएको जनाइएको छ।

यस्तै, माग पूरा नभएमा विद्यार्थी र अभिभावकको अधिकारका पक्षमा जुनसुकै स्तरको संघर्षमा उत्रिने चेतावनीसमेत दिइएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष