एक महिनाभित्र तीन पार्टीका महाधिवेशनमा देउवा अतिथि

एक महिनाभित्र तीन पार्टीका महाधिवेशनमा देउवा अतिथि
+
-

काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक महिनाभित्र चारवटा पार्टीको महाधिवेशनमा सहभागी भएका छन्। एक महिनाभित्र राप्रपा, एमाले र माओवादी केन्द्रको महाधिवेशनमा देउवा अतिथिका रूपमा सहभागी भएका हुन्।

यही बीचमा नेपाली कांग्रेसको १४औं महाधिवेशनसमेत सम्पन्न भयो । आफ्नै पार्टीको महाधिवेशनमा देउवा सहभागी नहुने कुरै भएन। देउवा पहिलोपल्ट १०–१३ मंसिरमा चितवनमा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा अतिथिका रूपमा सहभागी भएका थिए। प्रधानमन्त्री भएपछि देउवा र एमाले अध्यक्ष केपी ओलीको महाधिवेशनकै मञ्चमा भेट भएको थियो। ओलीले देउवालाई हातमा समातेर लगेका थिए ।

त्यसपछि १५–१७ मंसिरमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको राप्रपाको महाधिवेशनको उदघाटन सत्रमा अतिथिका रूपमा उपस्थित भएका थिए। नेपाली कांग्रेसको सभापतिको रूपमा देउवालाई आमन्त्रण गरिएको थियो । उनले अरुलाई पनि आफ्नो प्रतिनिधिका रूपमा पठाउन सक्थे। तर, आफैं गए ।

एमाले अध्यक्ष ओलीले राप्रपाको महाधिवेशनमा उपाध्यक्ष ईश्वर पोखरेल र माओवादी केन्द्रको महाधिवेशनमा महासचिव शंकर पोखरेललाई पठाएका छन्। उनी कांग्रेसको १४औं महाधिवेशनमा आफैं उपस्थित भएका थिए। आइतबार देउवा माओवादी केन्द्रको आठौं महाधिवेशनमा अतिथिका रूपमा सहभागी भएका छन्।

एकीकृत माओवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस र राप्रपाको महाधिवेशनमा अतिथि बनेर गएका छन्। जसपा अध्यक्ष उपेन्द्र यादव पनि कांग्रेस, एमाले, राप्रपा र माओवादी केन्द्रको महाधिवेशनमा अतिथि बनेका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष