
उनले सम्बोधन गर्ने क्रममा सहभागीहरू हाँसे । कारण थियो, अतिथिको नाम र पद सही उच्चारण गर्न नसक्नु।
सुरुमा उनले कांग्रेस सभापति भन्नुपर्नेमा अध्यक्ष भनिन्। त्यसपछि नेकपा एमाले भन्नुपर्नेमा नेकपा भनिन् । एमाले महासचिव शंकर पोखरेल भन्नुपर्नेमा उनले नेकपा महासचिव ईश्वर पोखरेल भनेपछि सहभागी हाँसेका हुन्।
शाहीले माओवादी केन्द्रकाे महाधिवेशनकाे सफलताकाे शुभकामनासमेत दिइन् । महाधिवेशनले महिलाकाे अधिकार ल्याउन सफल हाेस् भनेकी थिइन्।