गल्फः नीरजलाई पहिलो दिनमा अग्रता

गल्फः नीरजलाई पहिलो दिनमा अग्रता
+
-

काठमाडौँ – प्रो नीरज तामाङले धरान गल्फ क्लबमा सोमबारदेखि सुरु भएको सूर्य नेपाल इस्टर्न ओपनमा ३ स्ट्रोकको अग्रता लिएका छन्।

३ अन्डर ६७ को स्कोर खेलेका नीरजलाई सूर्यप्रसाद शर्माले इभन पार ७० स्कोरसहित पछ्याइरहेका छन्। नीरजले फ्रन्ट नाइनमा १ अन्डर ३५ तथा ब्याकनाइनमा २ अन्डर ३२ को स्कोर लेखाए।

गल्फर शुक्रबहादुर राई र टंकबहादुर कार्की १ ओभर ७१ स्कोरसहित तेस्रो स्थानमा छन् । पाँचौँ स्थानमा ३ ओभर ७३ स्कोर जोडेका नेपाल नम्बर १ भुवन नगरकोटी, धनबहादुर थापा, सञ्जय लामा र रवि खड्का छन् । ४ ओभर ७४ स्कोरका साथ भुवन कुमार रोक्का नवौं स्थानमा छन् ।

एमेच्योरतर्फ ५ ओभर ७५ स्कोरसहित स्थानीय गल्फर जितेन्द्र राई, सद्भाव आचार्य र युवराज भुजेल छन् । १३औं सागका स्वर्णधारी तथा सेन्ट्रल ओपनका एमेच्योर विजेता सुभाष तामाङ ७ ओभर ७७ स्कोरका साथ एमेच्योरतर्फ छैटौं स्थानमा छन् ।

तीन दिन चल्ने प्रतियोगिताको दोस्रो दिन पछि २१ व्यावसायिक र कम्तीमा ६ एमेच्योर गल्फरले कट बनाउनेछन् ।

प्रतियोगिताको विजेताले एक लाख ३५ हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ८८ हजार र ६५ हजार नगद पुरस्कारपाउनेछन् । दोस्रो दिनसम्म ३६ होलको खेल पछि अन्तिम दिन कट हुनेछ ।

सहभागी ३० प्रो गल्फर मध्ये कट बनाउने २१ खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको अन्तिम दिन प्रोफेसनल र एमेच्योर खेलाडी सम्मिलित प्रो–एम इभेन्ट हुनेछ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष