कांग्रेसले मनायाे रसुवामा एकता तथा मेलमिलाप दिवस

कांग्रेसले मनायाे रसुवामा एकता तथा मेलमिलाप दिवस
+
-

रसुवा – ४६औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस रसुवामा पनि मनाइएको छ। नेपाली कांग्रेस रसुवाले सदरमुकाम धुन्चेमा अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएको हो।

दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस रसुवाका नेता तथा अगुवा कार्यकर्ता सहभागी भएका थिए । कार्यक्रमलाई नेपाली कांग्रेस रसुवाका सभापति पेम्बाछिरिङ तामाङ, नेताहरू उपेन्द्र लम्साल, लामाकार्पु तामाङ, ओम आचार्य, बुचुङ तामाङ, सोनावाङ्दी तामाङ, नुर्बुसाङ्बो घले, फुर्पुवाङ्दी तामाङ, महिला नेतृ सुनितामाया गुरुङ, सार्किबुट्टी तामाङले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा बिपीको योगदानको चर्चा गर्दै एकता र मेलमिलापको माध्यमबाट अघि बढ्नुपर्ने सन्देश दिनुपर्ने बताएका छन् । कांग्रेसमा एकताबद्ध भएर अघि बढ्न सबै नेता कार्यकर्तालाई आग्रह गरिएको छ।

८ वर्षको निर्वासनपछि २०३३ साल पुस १६ गते कांग्रेसका संस्थापक नेता बिपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरू स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ।

२०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई अपदस्थ गरी निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि मुलुकमा अस्थिरता सुरु भएको थियो । बिपीसहित विभिन्न नेताहरू ७ वर्ष जेल बसेर २०२५ सालमा भारत प्रवासमा गएका थिए।

अस्थिरताका कारण मुलुकको अवस्था झनै कमजोर बन्दै गएपछि बिपीसहितका नेताहरू राजनीतिक दल तथा राजा मिलेर राष्ट्रिय एकता तथा मेलमिलाप गरी देशको विकास गर्ने भन्दै फर्किएका थिए । राष्ट्रिय मेलमिलापको नीति बोकेर बिपी स्वदेश फर्किएको दिनको सम्झनामा हरेक वर्ष कांग्रेसले यो दिवस मनाउँदै आएको छ ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष