
बुटवल – पाल्पामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
बुटवलदेखि शव दाहसंस्कारका लागि रुरुक्षेत्र कालीगण्डकी रिडी हिँडेको लु १ ख ७२७९ नम्बरको बस रिब्दीकोट गाउँपालिका–३, लघुवामा दुर्घटना भएको हो।
दुर्घटनामा आठ जना घाइते भएको हार्थोक प्रहरी चौकीका प्रमुख विष्णु रेग्मीले जानकारी दिए। स्थानीयका अनुसार बसमा करिब ३५ जना मलामी सवार थिए।
दुर्घटनामा परेकामध्ये ७ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीले उद्धार गरी घाइतेलाई उपचारका लागि जिल्ला सदरमुकाम तानसेन पठाएको जनाएको छ।