पानी अभावः घरबाटै पानी बोक्न बाध्य विद्यार्थी

पानी अभावः घरबाटै पानी बोक्न बाध्य विद्यार्थी
+
-

बागलुङ – बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीको जनकल्याण माध्यमिक विद्यालयमा खानेपानीको चरम अभाव छ।

खानेपानी व्यवस्थापनका लागि बर्सेनि बजेट छुट्टिने गरे पनि दिगो समाधान हुन सकेको छैन। विद्यालयमा पानी नभएपछि विद्यार्थी घरबाटै बोतलमा पानी बोक्न बाध्य छन्।

पानी नहुँदा विद्यालय परिवारलाई नियमित सरसफाइ तथा शौचमा समेत समस्या हुने गरेको छ। विद्यालयमा पानीको निकै समस्या छ। केही नजिकका साथी हुनुहुन्छ, कोही भने धेरै टाढाको पनि हुनुहुन्छ। ‘विद्यालयको धारामा पानी नै आउँदैन, पानी आयो भने पनि फोहोर हुन्छ’, कक्षा १० मा अध्ययनरत विद्यार्थी अनुजा सुनारले भनिन्, ‘टाढा–टाढाबाट आउँदा थाकिन्छ, कहिलेकाहीँ त आकुल ब्याकुल परिन्छ।’

रजस्वलाको समयमा छात्राहरू विद्यालयमा जानै मान्दैनन्। शौचालय प्रयोग गर्न विद्यार्थीले विद्यालय नजिकका घरबाट पानी माग्ने गरेको विद्यार्थीको गुनासो छ। कक्षा ९ मा अध्ययनरत विद्यार्थी विशाल पौडेलले भने, ‘हामी घरबाटै पानी ल्याउँछौँ, विद्यालयको शौचालयमा पानी नै छैन।’

खानेपानीको चरम समस्या भएपछि विद्यार्थी संख्या पनि कमी हुँदै गएको छ। विद्यालयलाई पायक पर्ने स्थानमा मुहानसमेत छैन। विद्यालयमा पानी ल्याउने मुहान विद्यालयभन्दा चार किमि टाढा छ। बेलाबेला आउने पानीसँगै लेदो तथा फोहोर पनि आउने गर्छ। सो कारण विद्यार्थीले उक्त पानी प्रयोग गर्न सक्दैनन् ।

प्रधानाध्यापक यम शर्माका अनुसार प्रावि तहका लागि एक र माध्यमिक तहका लागि एक धारा रहे पनि विभिन्न समयमा निर्माण भएका बाटोका कारण विद्यालयसम्म पानी आउन नसकेको हो। ‘मुस्किलले सय लिटर पानी मात्र विद्यालयमा झर्छ, विद्यार्थीलाई पानी पुर्याउनै समस्या भएको छ,’ प्रधानाध्यापक शर्माले भने, ‘खानेपानीलाई निवेदन लेखेको छु, नगर प्रमुख तथा सरोकारवालासँग सहकार्य गरिरहेका छौँ ।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष