
काठमाडौं – नेपाली सेयर बजार सोमबार ३२ अंकले बढेको छ। कारोबार सुरु भएसँगै उतारचढाव हुँदै नेपाल स्टक एक्सचेन्ज ९नेप्से० सूचक २६१६ दशमलव ९४ विन्दुमा पुगेको छ।
यसदिन २३० कम्पनीको ८२ लाख कित्ता सेयर किनबेच हुँदा चार अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
सोमबार नेप्सेसँग समूहगत परिसूचक पनि सकारात्मक भएका छन्। सोमबार उत्पादनमूलक समूहबाहेकका समूह सकारात्मक भएका छन्।
सबैभन्दा बढी व्यापार समूह ७ प्रतिशतले वृद्धि हुँदा अन्य समूह ०।१७ प्रतिशतले मात्र वृद्धि भएको नेप्सेले जनाएको छ।