‘विमानस्थलमा श्रमिकले झेल्नुपर्ने समस्या छिट्टै समाधान हुन्छ’

‘विमानस्थलमा श्रमिकले झेल्नुपर्ने समस्या छिट्टै समाधान हुन्छ’
+
-

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा श्रमिकले झेल्नुपर्ने प्रक्रियागत समस्या समाधान गर्दै जाने बताएका छन्।

अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका क्रममा सोमबार सञ्चारकर्मीसँग मन्त्री श्रेष्ठले विमानस्थलमा श्रमिकको समस्या समाधान गर्दै जाने बताए। उनले विमानस्थलमा श्रमिकका लागि अर्को दर्जाजसरी छुट्टै लाइन राखिएकोप्रति दुःख व्यक्त गर्दै धेरै कुराको समस्या रहेको अनुभूति भएको बताए।

मन्त्री श्रेष्ठले इपीएसबाट कोरिया जान लागेका १६४ जना श्रमिकलाई इज्जत र व्यवस्थापनका साथ पठाउन विमानस्थल पुगेको बताए।

उनले भने, ‘आज हामी मन्त्रालयबाट सचिव, वैदेशिक रोजगार विभागका डिजी, ताहाचल कार्यालय प्रमुख, वैदेशिक रोजगार बोर्डका इडी, इपीएस शाखा, विशेष गरी आज कोरियाको ठूलो टिम १६४ जना इपीएसअन्तर्गत कोरिया जाँदै भन्ने भएर उहाँहरूलाई बिदाइ पनि गर्ने, सँगै यसलाई कसरी सुधार गर्न सकिन्छ भनेर सिंगो मन्त्रालयको टिम नै यहाँ आएका हौँ।’

उनले धेरै कुरा सुधार गर्नुपर्ने दृखिएको उनले बताए। उनले भने, ‘पब्लिक र कामदार जाने लाइन, छुट्टै दर्जासरह भएको हो कि जस्तो लागेको छ। यहाँ धेरै कमजोरी देखेका छौँ। यसको छिट्टै सुधार हुन्छ।’

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष