‘नेपालमा गरिने लगानी प्रकृतिमैत्री हुनुपर्छ’

‘नेपालमा गरिने लगानी प्रकृतिमैत्री हुनुपर्छ’
+
-

काठमाडौँ – संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालमा गरिने लगानी प्रकृतिमैत्री हुनुपर्ने बताएका छन्। राजधानीमा बुधबार आयोजित कार्यक्रममा हङकङमा मुख्य कार्यालय रहेको ‘आइडिया ग्रुप’ गैरआवासीय नेपाली तथा विदेशी साझेदार संलग्न बहुराष्ट्रिय कम्पनीको नेपाली परियोजना उद्घाटन कार्यक्रममा उनले नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा जडीबुटी प्रशोधनका क्षेत्र लगानीका लागि उर्वर रहेको बताए।

‘भारतीयले विदेशमा आर्जन गरेको ज्ञानबाट बैङ्लोरमा ठूलो परिवर्तन ल्याएर देखाए, यस्तै परिवर्तन गैरआवासीय नेपालीले पनि नेपालमा कुनै क्षेत्रमा लगानी गरेर देखाउन सक्छन्, कामको खोजीमा खाडी जाने नेपाली युवालाई यहीँ रोजगारी दिन सक्छन्, देशलाई अघि बढाउने रचनात्मक सोच अघि सार्न पनि गैरआवासीय नेपालीको यसतर्फ ध्यान जानुपर्छ,’ पूर्वराष्ट्रपति यादवले भने।

प्रधानन्यायाधीशले अदालत र एउटा दलले संसद् बन्धक बनाउने प्रवृत्ति जारी रहेसम्म यस्ता सोचमा ध्यान जान नसक्ने भएकाले समस्या समाधानका लागि उनले सबै पक्षलाई आग्रह गरे। सकारात्मक सोचका लागि विश्वविद्यालयको जनशक्तिसँग पनि सञ्जाल निर्माण गरेर सहकार्य गरिनुपर्नेमा यादवले जोड दिए।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले नेपालको विकास भयो भने विश्वमा नेपालीको शिर उचो हुने सोचअनुसार ‘आइडिया फर नेपाल’ ले काम गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा ‘आइडिया फर नेपाल’ सँगको सहकार्यमार्फत छिट्टै विराटनगरमा आधुनिक पार्किङ निर्माण हुन लागेको जानकारी पनि उनले दिए।

पार्किङ समस्या समाधानमा आधुनिक प्रणाली

सहरको समस्या बनिरहेको पार्किङ व्यवस्थापनको झन्झट हटाउने गरी नेपालमा आधुनिक पार्किङ प्रणाली भित्र्याइने भएको छ। विश्वका विभिन्न देशमा पार्किङलगायत विभिन्न व्यवसाय गरिरहेका ‘आइडिया ग्रुप’ को नेपाल शाखा ‘आइडिया फर नेपाल’ ले यस्तो प्रणाली भित्र्याउन लागेको हो।

कार्यक्रममा परियोजनाबारे जानकारी दिँदै आइडिया नेपालका अध्यक्ष गोकर्ण श्रेष्ठले अत्याधुुनिक कार पार्किङ प्रणाली भित्र्याएपछि दुई कार पार्किङ गर्ने स्थानमा दर्जनौँ कार पार्किङ गर्न सकिने बताए। उनले विभिन्न देशमा काम गरेको अनुभवका आधारमा नेपालमा पनि काम गर्न लागेको जानकारी दिए। आइडियाको विभिन्न परियोजनामार्फत १० वर्षभित्र १० लाख जनालाई उद्यमी बनाउने सोच रहेको बताए।

कम्पनीले हाल विश्वका विभिन्न देशमा ४ सयभन्दा बढी परियोजनामा संलग्नता जनाएको छ। त्यसमध्ये ५० वटालाई आफैँले नेतृत्व गरिरहेको छ। तीन सय ५० वटा परियोजनामा भने अरु कम्पनीको पनि लगानी छ। कम्पनीले अफ्रिकाको सुनखानी, युरोपमा पार्किङ, घरजग्गा व्यवसाय (रियल स्टेट), कृषि तथा अन्य विविध क्षेत्रमा लगानी गरिरहेको छ। पाँच वर्षदेखि नेपालमा पनि यसले कृषि, घरजग्गा, पर्यटनलगायत क्षेत्रमा लगानी गरिरहेको छ।

कम्पनीले कीर्तिपुर, बुटवल, नेपालगञ्ज, पोखरालगायत क्षेत्रमा ‘मेघा सिटी’ निर्माणका अवधारणासहित आवास निर्माण गर्दै छ। त्यस्तै, सिन्धुपाल्चोकमा फलफूल तथा जुम्लामा स्याउ फर्म सञ्चालनका लागि प्रक्रिया आरम्भ गरेको छ।

कार्यक्रममा संस्थाका निर्देशक रोजिना प्रधान राईले नेपालीलाई विश्वभर कामदारका रुपमा मात्र हेरिने वर्तमान परिस्थितिलाई परिवर्तन गर्दै नेपाली पनि ‘इन्टरप्रेनर’ हुन् भन्ने स्थापित गराउन आफूहरू लागिपरेको बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष