नेप्से परिसूचक ४३.२९ अंकले वृद्धि

नेप्से परिसूचक ४३.२९ अंकले वृद्धि
+
-

काठमाडौँ – साताको अन्तिम कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक ४० अंकभन्दा बढीले वृद्धि भएको छ। बुधबार ३०.७५ अंकले गिरावट आएर नेप्से परिसूचक बिहीबार ४३.२९ अंकले बढेर २ हजार ६९२.४७ विन्दुमा पुगेको छ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स ९.१६ अंक, फ्लोट इन्डेक्स ३.०४ अंक र सेन्सेटिभ इन्डेक्स ३.३१ अंक बढेको छ।

बिहीबार कारोबारमा आएका २३८ कम्पनीको ७३ लाख ३६ हजार कित्ता सेयर ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्से बढे पनि आज कारोबार रकम भने अघिल्लो कारोबारको तुलनामा घटेको छ। बुधबार ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँको सेयर कारोबार भएको थियो।

१३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक ३.४८ प्रतिशत बढेको छ। त्यस्तै, जलविद्युत् र निर्जीवन बिमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ, विकास बैंक, वित्त, लगानी, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। आज व्यापार र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने घटेको छ।

बिहीबार तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।जसमा नेपाल फाइनान्स, तेह्रथुम पावर कम्पनी र मध्य भोटेकोसी जलविद्युत कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

तर, आज कारोबारमा आएको एनबीबीएल डिबेञ्चरको मूल्य भने ३.५३ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा १६ करोड ३७ लाख रुपैयाँबराबरको सेयर कारोबार गरेर अपि पावर कम्पनी पहिलो स्थानमा छ। त्यस्तै, एनआईसी एसिया बैंक र नेसनल माइक्रोफाइनान्सको पनि १० करोडभन्दा बढीको सेयर कारोबार भएको छ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष