ओलीलाई चिन्ने मौका दिएको भन्दै लेखराजले दिए प्रचण्डलाई धन्यवाद

ओलीलाई चिन्ने मौका दिएको भन्दै लेखराजले दिए प्रचण्डलाई धन्यवाद
+
-

धनगढी – नेकपा एमालेका सचिव लेखराज भट्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद दिएका छन्। एमाले अध्यक्ष ओलीलाई चिन्ने मौका दिएको भन्दै उनले आफ्ना पूर्व अध्यक्ष प्रचण्डलाई धन्यवाद दिएका हुन्।

नेकपा एमाले कैलालीको ८औं जिल्ला अधिवेशन उद्घाटन सत्रमा बोल्दै सचिव भट्टले भने, ‘मैले ओलीलाई नजिकबाट चिन्ने मौका पाएको थिएन। उहाँमा भएको देश भक्तिलाई मैले चिन्न सकेको थिएन । तर प्रचण्डले ओलीलाई चिन्ने राम्रो मौका दिनु भयो । उहाँलाई धन्यवाद दिन चाहन्छ।’

प्रचण्डको स्वार्थका कारण माओवादी र एमालेको पार्टी एकता हुन नसकेको उनको आरोप छ। ओलीले देशलाई संमृद्ध बनाउने योजना बनाएपछि त्यसलाई सफल हुन नदिन प्रचण्डले पार्टी भित्रै गुट गर्दै एकता प्रक्रिया तोडेको भट्टले बताए।

‘एमाले र माओवादीलाई अदालतले अलग गरेको होइन। अदालतले नेकपा नाम परिवर्तन गर्न मात्रै भनेको हो,’ सचिव भट्टले भने, ‘तर प्रचण्डले पार्टी एकता गर्न चाहेनन्, अदालतको निर्णय पछि ओलीले पार्टीको नाम सोचौं भन्दा भन्दा प्रचण्डले त्यसलाई मजाक बनाए, एकता प्रक्रिया भाड्ने व्यक्ति प्रचण्ड नै हुन्।’ प्रचण्डले जनआन्दोलनका मुद्दालाई बिर्सेर पुँजीपति बाटो अँगालेपछि आफूहरू ओलीतर्फ लागेको उनले बताए।

उनले ओली जति देशभक्त र विकास प्रतिको कटिबद्ध नेता नेपालमा अरू कोही नभएको बताए । ‘कांग्रेस पुँजीबादी पार्टी हो,’ उनले भने, ‘माओवादी र अन्य दल अहिले उसैको पछाडि लागेका छन्, ओली बाहेक अरूमा देश विकासको चिन्ता नै छैन ।’

अहिलेको गठबन्धन सरकार आयात मुखी अर्थतन्त्रमा रमाएर कमिसनको चक्करमा फसेको उनले बताए। ‘एमालेको नेतृत्वमा सरकार हुँदा देशमा हुने उत्पादनको निर्यात दर बढेको थियो। जसले डलरको सञ्चित घटेको थियो,’ उनले भने, ‘तर अहिले निर्यात ठप्प छ, गठबन्धनका नेता तथा मन्त्री बढी भन्दा बढी आयतबाट गरेर कसरी कमिसन खाने भन्ने चक्करमा रुमलिएका छन्, जसकारण डलरको सञ्चित बढेको छ ।’

गठबन्धन सरकार कमिसनको चक्करमा पर्दा देशको अर्थतन्त्र गम्भीर मोडमा पुगेको उनले बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष