ओमिक्रोन पुष्टि भएपछि गण्डकी प्रदेशमा कडाइ, महोत्सव नगर्न निर्देशन

ओमिक्रोन पुष्टि भएपछि गण्डकी प्रदेशमा कडाइ, महोत्सव नगर्न निर्देशन
+
-

पोखरा – नेपालमा नयाँ भेरियण्टको कोरोना (ओमिक्रोन) पुष्टि भएपछि गण्डकी त्रासमा छ। प्रदेश सरकारले संक्रमण फैलिन नदिन सदरमुकाम कास्कीसहितका जिल्लामा कडाइ गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशको सीमानाकामा चेकजाँच गर्ने बताएको छ।

संघको स्वास्थ्य मन्त्रालयले आवश्यक तयारी गर्न भनेपछि प्रदेशले नियन्त्रणका लागि तत्काल आवश्यक तयारी गरेको हो। शुक्रबार मन्त्री मधु अधिकारीसहितको बैठकले ओमिक्रोन नियन्त्रणका लागि प्रदेशका नाकामा जाँचलाई तीव्रता दिने, प्रदेशका स्वास्थ्य संरचनालाई आवश्यक अन्य तयारी गरी उपकरण, स्वास्थ्य सामाग्री, जनशक्ति व्यवस्थापन, अक्सिजन सिलिण्डर तथा अन्य तयारी यथाशीघ्र व्यवस्थापन गर्न निर्देशन दिएको छ।

अधिकारीले सबैखाले महोत्सव बन्द गर्न सम्बन्धित निकायलाई जानकारी दिन सचिवमार्फत निर्देशन दिइन्। ‘मानिसको स्वास्थ्यभन्दा ठूलो अरू कुरा होइन। अहिले मेला महोत्सव तुरुन्त रोक्नू,’ उनले भनिन्, ‘आवश्यक परे स्मार्ट लकडाउनसम्म गर्नुपर्ने हुन सक्छ।’

मन्त्रालयले यसअघि सञ्चालन गरेको हेलो डाक्टर, कोरोना अपडेटलगायत काम सुरु गर्न लगाएको छ। मन्त्रालयको ग्राफअनुसार गण्डकी प्रदेशको कास्की, म्याग्दी, लमजुङ, नवलपुरलगायत जिल्ला स्मार्ट लकडाउनको अवस्थामा पुगेका छन्।

भारतसँग सीमा जोडिएका नाकामा सरकारले १र१ हजार बेडको आइसोलेसन निर्माण गरेको छ । पछिल्लो २४ घण्टामा यहाँ १६ जना नयाँ संक्रमित देखिएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष