नेप्से परिसूचक ७३.०१ अंकले वृद्धि

नेप्से परिसूचक ७३.०१ अंकले वृद्धि
+
-

काठमाडौँ – साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ।

नेप्से परिसूचक पछिल्लो एक सातादेखि केही दिनबाहेक निरन्तर उकालो लाग्न थालेको छ। आइतबार त्यसैको निरन्तरतास्वरुप नेप्से परिसूचक ७३.०१ अंक बढेर २७६५.४७ विन्दुमा पुगेको छ।

त्यस्तै, ठूला कम्पनीको मूल्य मापन गर्ने सेन्सेटिभ इण्डेक्स १३.२१ अंक बढेको छ भने फ्लोट इन्डेक्स ५.०७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ४.५६ अंक बढेको छ।

आज कारोबारमा आएका २३९ कम्पनीको १ करोड ५० लाख ५८ हजार कित्ता सेयर ७ अर्ब १० करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। नेप्से परिसूचकको कारोबार पछिल्लो दुई महिनाकै धेरै सेयर कारोबार भएको छ। मंसिर लागेदेखि ७ अर्बभन्दा बढीको सेयर कारोबार हुन छाडेको थियो। पछिल्लो समय दैनिक औसतमा ३÷४ अर्बको मात्रै सेयर कारोबार भइरहेको थियो।

तर, आइतबार भने एकै दिनमा कारोबार रकम ७ अर्ब नाघेको छ। त्यस्तै, आज नेप्सेका १३ वटै उपसमूहको परिसूचक हरियाली छाएको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी ६.०८ प्रतिशत बढेको छ। त्यसैगरी, विकास बैंक र वित्त उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी छ भने जलविद्युत् र लगानी उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी छ।

निर्जीवन बिमा र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी, बैंकिङ, उत्पादन तथा प्रशोधन, लघुवित्त, जीवन बिमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी छ।

आइतबार उच्च अंकले बढेको नेप्सेसँगै ४ कम्पनीको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा हिमालयन ऊर्जा विकास कम्पनी, नेपाल हाइड्रो डेभलोपर्स, युनियन हाइड्रोपावर र मध्यभोटेकोसीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, न्यादी पावर, प्रोग्रेसिभ फाइनान्स, आईसीएफसी फाइनान्स, एचआईडिसीएल र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी छ। तर, मिथिला लघुवित्तको सेयरमूल्य भने १.२७ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा २९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार गरेर अपि पावर कम्पनी पहिलो स्थानमा छ। यता, प्रभु बैंक र अपर तामाकोसीको २० करोडभन्दा बढीको सेयर कारोबार भएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष