‘आर्थिक कमीले खेलकुद क्षेत्र पछि परेको हो’

‘आर्थिक कमीले खेलकुद क्षेत्र पछि परेको हो’
+
-

काठमाडौँ – गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको खेलकुद क्षेत्रको विकासमा सरकारकोे दृष्टिकोण अझै पुग्न नसकेको बताएका छन्।

गण्डकी प्रदेश तेक्वान्दो संघको वार्षिक साधारणसभा तथा अधिवेशनको आइतबार उद्घाटन गर्दै प्रदेश प्रमुख गुरुङले खेलकुदको विकासमा राज्यको दृष्टिकोण पर्नुपर्नेमा जोड दिए।

सरकार चलाउन मात्रै दलका नेता केन्द्रित हुँदा खेलकुद क्षेत्रको विकासमा उनीहरूको दृष्टिकोण पुग्न नसकेको उनको भनाइ थियो।

प्रमुख गुरुङले भने, ‘राज्यले खेलकुदको विकासमा दृष्टिकोण दिनुपर्छ। खेलकुद प्रशिक्षण दिने काम राज्यले गर्नुपर्छ। खेलकुदको विकासमा राज्यले मात्र नभई निजी क्षेत्रको पनि सहयोग भए प्रवद्र्धन हुन सक्छ। कर्पोरेटको व्यावसायिक प्रवद्र्धन भएको छ। कर्पोरेट समूहको लगानीले खेलकुदमा टेवा पुगेको छ।’

खेलकुदको विकासलाई अर्थले पनि निर्देशित गर्ने भन्दै प्रदेश प्रमुख गुरुङले आर्थिक कमीले खेलकुद अत्यन्तै पिछडिएको लघु अवस्थामा रहेको उल्लेख गरे। हिजो फुटबल मात्रै खेलकुद भन्ने भान भए पनि अहिले खेलकुद व्यापक भएको उनले बताए।

अन्तर्राष्ट्रिय क्षेत्रमा स्पोर्टसम्यानसिप देखाउन सक्यो भने आर्थिक रूपमा बलियो बन्न सकिने पनि प्रदेश प्रमुख गुरुङले बताए। अधिवेशनले जगनबहादुर गुरुङको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष