पोखरामा कोभिड–१९ विरुद्धको खोप लगाउनेको भीड

पोखरामा कोभिड–१९ विरुद्धको खोप लगाउनेको भीड
+
-

पोखरा – पोखरामा कोभिड–१९ विरुद्धको खोप लगाउनेको भीड बढेको छ।

सरकारले माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै कोभिड–१९ विरुद्धको खोप लगाउनेको भीड बढेको हो। पोखरामा विभिन्न केन्द्रमार्फत खोप अभियान सञ्चालन भइरहेको छ।

पोखरा महानगरपालिका–५ स्थित खोप केन्द्रका प्रमुख आशिष सुवेदीले खोप लगाउनेको भीड दैनिक १५ सय जनाभन्दा बढी रहेको बताए।

हालसम्म कुनै पनि खोप नलगाएकाहरूलाई जोन्सन एन्ड जोन्सन खोप दिइएको तथा पहिलो डोज लगाइसकेकाहरूलाई कोभिसिल्ड वा भेरोसेल कुन खोप लगाएको हो सो खोपको दोस्रो मात्रा दिइएको उनले बताए। खोप केन्द्रमा पुरुषभन्दा महिला बढी संख्यामा खोप लगाउन आएका उनले जानकारी दिए।

पहिले खोप लगाउन आग्रह गर्दा पनि अस्वीकार गर्नेहरू अहिले खोप लगाउन आउने गरेको उनको भनाइ छ। खोप लगाउनेको भीडले जनस्वास्थ्यको मापदण्ड तथा भौतिक दूरीसमेत कायम गर्न नसकेको सेवाग्राही बताउँछन्।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष