माघे संक्रान्तिलाई जंगलमा वनतरुल खोज्नेको भीड

माघे संक्रान्तिलाई जंगलमा वनतरुल खोज्नेको भीड
+
-

खोटाङ – माघे संक्रान्तिका लागि खोटाङका स्थानीयवासी जंगलमा वन तरुल खोज्न व्यस्त छन्। वन तरुल निकाल्न कुटो, कोदालो र झम्पालसहित स्थानीयको भिड नजिकका जंगलमा बढेको छ।

माघे संक्रान्तिमा घर तरुल, सखरखण्ड, इस्कुसको जरा, घिउ, चाकुलगायतका परिकार खाने प्रचलन भए पनि स्थानीयले वन तरुललाई विशेष महत्वका साथ लिने गरेको पाइन्छ। माघे संक्रान्तिका दिन ‘एक टुक्रा भए पनि वन तरुल खानुपर्छ’ भन्ने मान्यता छ। कतिपयले आफैलाई र कतिपयले बिक्रीका लागि तरुल खोज्ने गरेका छन्।

कुनै–कुनै घना जंगलमा पाइने वन तरुल निकाल्न निकै मिहिनेत गर्नुपर्ने हुन्छ। वन तरुलको फल जमिनको सतहबाट दुईरतीन मिटरमुनि भेटिने भएकाले गहिरो खाडल खन्नुपर्ने हुन्छ। दुई–तीन दिनअघिदेखि माघे संक्रान्तिको दिनसम्मै वन तरुल खन्ने गरेको र त्यसका लागि हुलका हुल स्थानीय जंगलमा पुग्ने गरेका हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका रहरमान राईले बताए।

निकै मिहिनेतका साथ निकालिएको वन तरुल बिक्रीका लागि बजारमा समेत ल्याउने गरिएको छ। कतिपयले माघे संक्रान्तिभन्दा हप्ता दिनअघिदेखि नै कन्दमुल खरिद गरेर राख्ने गरेका छन्। कन्दमुलमध्ये वन तरुलको मूल्य महँगो पर्छ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष