पीएम कप: बागमतीको दोस्रो जित

पीएम कप: बागमतीको दोस्रो जित
+
-

काठमाडौं – प्रदेश २ लाई ५ विकेटले पराजित गर्दै बागमती प्रदेशले प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ।

कीर्तिपुरस्थित  टियु मैदानमा प्रदेश २ ले दिएको १५५ रनको लक्ष्य बागमतीले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १५६ रनको बनायो।

बागमतीका लागि ईशान पाण्डेले सर्वाधिक ३२ रन जोडे। यस्तै, लक्की कठायतले २८, प्रतीस जिसीले २२ रन गर्दा सुवास खकुरेल र कप्तान ज्ञानेन्द्र मल्लले समान २० रनको योगदान गरे।

प्रदेश २ का जितेन्द्र यादवले दुई विकेट लिँदा पार्थिक यादव, हरिशंकर साह र विवेक यादवले समान एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश २ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो।

प्रदेश २ को लागि हरिशंकरले सर्वाधिक ५६ रन बनाए। यस्तै, विवेकले २८, कप्तान हासिम अन्सारीले २६ र मोहमद आदिल आलमले १२ रनको योगदान गरे।

बागमतीका रिजन ढकाल र विपिन आचार्यले समान दुई विकेट लिँदा प्रतीस जिसी र सुवास खत्रीले समान एक विकेट हात लिए।

यसअघि आफ्नो पहिलो खेलमा एपीएफ क्लबसँग २४ रनले पराजित भएको प्रदेश २ ले दोस्रो खेलमा गण्डकी प्रदेशलाई २ विकेटले हराएको थियो। तेस्रो खेलमा लुम्बिनी प्रदेशसँग ४२ रनले पराजित भएको थियो।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष