
काठमाडौँ –मेगा बैंक नेपाल लिमिटेडले धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ।
धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–१० स्थित प्रदेश २ को प्रादेशिक अस्पतालमा मेगा बैंकले शुक्रबार एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो।
प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रमोदकुमार यादवले एक्स्टेन्सन काउन्टरको उद्घाटन गर्दै अस्पतालको सबै सेवाको आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले बिरामीलाई सहज हुने र अस्पताललाई पनि आर्थिक पारदर्शितामा सहज हुने बताए।
कार्यक्रममा बैंकका प्रदेश २ प्रमुख यसपाल कुमार तिब्रेवाल र अस्पतालका विभिन्न विभागीय प्रमुख सहभागी थिए ।
मेगा बैंक जनकपुर शाखाका प्रबन्धक गलेककुमार यादवले सेवाग्राहीलाई प्रभावकारी सेवा दिइने बताए। एक्सटेन्सन काउन्टरमार्फत सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीतिअनुरुप मेगा बैंकले यसअघि पनि विभिन्न स्थानमा एक्स्टेन्सन काउन्टर विस्तार गरिसकेको छ।
मेगा बैंकको देशभर २०३ वटा शाखा र २५ वटा एक्स्टेन्सन काउन्टर सञ्चालित छन्।