महालक्ष्मी विकास बैंक र मोडर्न रेमिटान्सबीच सम्झौता

महालक्ष्मी विकास बैंक र मोडर्न रेमिटान्सबीच सम्झौता
+
-

काठमाडौँ – महालक्ष्मी विकास बैंकले ग्राहकलाई रेमिट्यान्ससम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले मोडर्न रेमिट्यान्ससँग सम्झौता गरेको छ।
बैंकको प्रधान कार्यालय दरबारमार्गमा शुक्रबार आयोजित एक विशेष कार्यक्रममा सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री बोधराज देवकोटा र मोडर्न रेमिट्यान्स प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत साधुराम खड्काले हस्ताक्षर गरेका हुन्।

सम्झौतापश्चात् ग्राहकले विश्वका विभिन्न स्थानबाट नेपालभित्र बैंकिङ च्यानलमार्फत आएको रकम तथा नेपालभित्रका विभिन्न स्थानमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी विकास बैंकका १०३ वटा शाखामार्फत सेवा प्राप्त गर्न सक्नेछन्।

अब महालक्ष्मी विकास बैंकका ग्राहकले संसारको कुनै पनि स्थानबाट मोडर्न रेमिट्यान्समार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन्। बैंकले हालसम्म २७ वटा रेमिट कम्पनीसँग सम्झौता गरी ग्राहकलाई छिटो, छरितो, भरपर्दो र सर्वसुलभ तरिकाबाट रेमिट्यान्स सुविधा प्रदान गर्दै आएको छ।

यसका साथै रेमिट्यान्सबाट आएको रकमलाई थप एक प्रतिशत ब्याज प्रदान गर्ने विशेषतासहित मुद्दति योजना सञ्चालनमा ल्याएको छ। हाल यस योजनाअन्तर्गत ११.३५ प्रतिशत वार्षिक ब्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

यस बैंकले प्रदेश १ मा ५, प्रदेश २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवा सरलीकृत तवरले प्रदान गर्दै आएको छ। बैंकले ग्राहकको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले VISA EMV chip based Travel Card,eCommerce card/Dollar card जारी गरिसकेकाे छ ।

समग्रमा chip based Travel Card, eCommerce card / Dollar card जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक ः महालक्ष्मी विकास बैंक रहेको बैंकको दाबी छ। कोभिड १९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङमार्फत कारोबार गरी आफू सुरक्षित भई अरूलाई पनि सुरक्षित राख्न बैंकले अपिलसमेत गरेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष