हिमालयन बैँकले दियो सेयरधनीलाई २६ प्रतिशत लाभांश

हिमालयन बैँकले दियो सेयरधनीलाई २६ प्रतिशत लाभांश
+
-

 

काठमाडौँ – हिमालयन बैंक लिमिटेडको २९औंं वार्षिक साधारणसभाले वार्षिक प्रतिवेदनसहित सोही आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको २१.३८% बोनस सेयर र ४.६२% नगद लाभांश गरी कुल २६% लाभांश प्रदान गर्ने निर्णय पारित गरेको छ।

यसका साथै हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडबीचको मर्जरसम्बन्धी विशेष प्रस्ताव भने साधारण सभाले अस्वीकृत गरेको छ।

उक्त प्रस्तावको सम्बन्धमा प्रचलित कम्पनी ऐनको दफा ७४ को उपदफा ३ बमोजिम विशेष प्रस्तावको हकमा सभामा उपस्थित सेयरधनीमध्ये ७५ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयरधनीले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव सभाद्वारा स्वीकृत भएको मानिने व्यवस्था भएकामा उक्त प्रस्तावको पक्षमा आवश्यक ७५ प्रतिशत मत नपुगेका कारण अस्वीकृत भएको हो।

उक्त विशेष प्रस्तावअन्तर्गत मर्जरको पक्षमा ४३.६३%, विपक्षमा ४२.२९% र मत नहाल्नेमा १४.०९५ थिए।

हाल, बैंकले देशभर ७४ शाखा, ५ विस्तारित काउन्टर, १४८ एटीएम र ५ हजारभन्दा बढी पीओएस टर्मिनल‌्सबाट सेवा प्रदान गर्दै आएको छ।

समीक्षा अवधिमा निक्षेप अघिल्लो वर्षको तुलनामा १३.२९ प्रतिशतले वृद्धि भई १ खर्ब ४९ अर्ब ३८ करोड १७ लाख पुगेको छ भने कर्जा सापट २३.८३ प्रतिशतले बढ्न गई रु. १ खर्ब ३२ अर्ब ८५ करोड ८४ लाख पुगेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष