
काठमाडौँ – अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी ‘खल्ती’ले सिभिल बैंक खाता ‘खल्ती’सँग लिंक गर्ने प्रयोगकर्ताका लागि सय रुपैयाँ बोनस अफर ल्याएको छ। साथै, हरेक महिना एक जना भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्नेछन्।
यो बोनस अफर पहिलो पटक सिभिल बैंक अकाउन्ट ‘खल्ती’सँग लिंक गर्ने प्रयोगकर्ताको हकमा मात्र लागू हुनेछ।
प्रयोगकर्ताले लिंक गर्नुअगाडि केवाईसी भेरिफाइ गराउनु पर्नेछ।
केही सेकेन्डमै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको सिभिल बैंक अकाउन्टबाट ‘खल्ती’मा बिना लोड भुक्तानी तुरुन्तै गर्न सकिन्छ।
यो अफर प्रयोगकर्तालाई डिजिटल भुक्तानी प्रयोग गर्न प्रोत्साहित गर्न र वालेटमा नियमित पैसा लोड गर्न लाग्ने समयलाई कम गर्न ल्याइएको हो।
एक पटक प्रयोगकर्ताले बैंकलाई लिंक गरपछि, यो सेवाले उनीहरूलाई वालेट लोड नगरी केही ट्यापमा पानी, इन्टरनेट, बिजुली, सरकारी राजस्व र अन्य उपलब्ध सेवाजस्ता बिलको भुक्तानी गर्न सहज बनाउँछ। उक्त बोनस अफर पुस ३० देखि फागुन १ गतेसम्म लागू हुनेछ।