भेट्रान्स कपको उपाधि ललितपुरको बर्गरलाई

भेट्रान्स कपको उपाधि ललितपुरको बर्गरलाई
+
-

पोखरा – पोखरामा सम्पन्न भेट्रान्स कप फुटबलको उपाधि ललितपुरको टी बर्गर क्लबले जितेको छ। शनिबार पोखराकै एवीसी भेट्रान्समाथि ३–० गोलअन्तरमा जीत निकाल्दै पाहुना टोली बर्गरले ‘५औं स्व.रञ्जित गुरुङबगर भाइ खलक एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको’ उपाधि उचालेको हो। विजेता टोलीले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पायो भने उपविजेताले ७५ हजार ५ सय ५५ नगद पाएको छ।

टी बर्गरलाई उपाधि जिताउन भूपेन लिम्बुले २ र रमेश गुरुङले एक गोलको योगदान दिए। फाइनल खेलमा म्यान अफ दी म्याचको ट्रफी टी बर्गरका भूपेन लिम्बुले हात पारे।

पुस २६ गतेबाट सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट गोल रक्षक टी बर्गरका मीनबहादुर बस्नेत, उत्कृष्ट डिफेण्डर एवीसीका विष्णुलाल श्रेष्ठ, उत्कृष्ट फरवार्ड टी बर्गरका नगेन लिम्बु घोषित भए। उनीहरूले जनही नगद ५ हजारका साथमा ट्रफी हात पारे।

४० वर्षदेखि ६५ वर्षको उमेर समूहका पाका खेलाडीहरूको खेलबाट नयाँ पीढीलाई खेलकुदप्रति अभिरुचि जगाउन वर्षेनी प्रतियोगिता हुँदै आएको छ। प्रतियोगितामा २५ टिमको सहभागिता रहेको संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिए।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष