इलामको रोङमा प्याराग्लाइडिङको परीक्षण, वडाध्यक्ष आफै परीक्षण उडानमा

इलामको रोङमा प्याराग्लाइडिङको परीक्षण, वडाध्यक्ष आफै परीक्षण उडानमा
+
-

झापा – इलामको रोङ गाउँपालिकामा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ।

रोङ गाउँपालिकाको वडा नं ६ का अध्यक्ष आफै परीक्षण उडानमा सहभागी भएका थिए।

वडाध्यक्ष मणिकुमार स्याङ्बोले आफ्नै गाउँमा पहिलोपटक परीक्षण उडानको मज्जा लिएका हुन्।

रोङ गाउँपालिका–६ झण्डीडाँडाबाट शनिबार वडाध्यक्ष स्वाङ्बोले प्याराग्लाइडिङको उडान भरेका हुन्।

पोखराको हाईफ्लायर प्याराग्लाइडिङ प्रालिका सञ्चालक रुपक कोइराला, हरि बुढाथोकी र सागर नेपालीलाई ल्याएर उनले आफ्नै क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पहिलोपटक झण्डीडाँडाबाट झापा मेचीनगर नगरपालिका–१ तिरिङसम्मको प्याराग्लाइडिङको परीक्षण उडान गराएका हुन्।

वडाध्यक्ष स्याङ्बोका अनुसार प्राविधिक रुपले प्याराग्लाइडिङ उडान सम्भव छ कि भनेर परीक्षण गरिएको हो।

उनले भने, ‘म आफै आकाशमा उडेँ। परीक्षण उडान सफल भयो। अब व्यावसायिक रुपमा काम गर्छौं।’

सरकारले तराईका जिल्लामा भ्यूटावर बनाउन खर्च गरिरहेका बेला प्रकृतिले दिएको सुन्दर स्थानलाई सजाएर पनि पर्यटनको विकास गर्न सकिन्छ भन्ने उद्देश्यले काम गरिरहेको स्वाङ्बोले बताए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’