नेप्से परिसूचक १०.८३ अंकले गिरावट

नेप्से परिसूचक १०.८३ अंकले गिरावट
+
-

काठमाडौँ – साताको पहिलो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक गिरावट आएको छ।

आइतबार नेप्से परिसूचक १०.८३ अंकले घटेर २ हजार ९२०.५१ विन्दुमा झरेको छ। नेप्से परिसूचकमा गिरावट आए पनि सेन्सेटिभ इन्डेक्स भने ०.०६ अंक बढेको छ। तर, फ्लोट इन्डेक्स १.२७ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६३ अंक घटेको छ।

आइतबार कारोबारमा आएका २३२ कम्पनीको १ करोड ४७ लाख ४ हजार कित्ता सेयर ७ अर्ब ३ करोड ८ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आइतबार कारोबारमा आएका १३ उपससमूहमध्ये ८ उपसमूहको परिसूचक गिरावट आएको छ भने ५ उपसमूहको परिसूचक भने बढेको छ। जसमध्ये अन्य र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड उपसमूहको परिसूचक थोरै मात्र बढेको छ।

यता, वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी २.७७ प्रतिशत घटेको छ। व्यापार, होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।

आइतबार नेप्से परिसूचक ओरालो लागे पनि दुई कम्पनीको सेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

जसमा विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावर छन्। त्यस्तै, मेलुङ खोला जलविद्युत् कम्पनी, ग्लोबल आइएमई बैंक, ज्योति लाइफ र सानिमा लाइफको सेयरमूल्य बढेको छ।

तर, आइतबार सामलिङ पावर कम्पनीको सेयरमूल्य भने सबैभन्दा बढीले घटेको छ। आइतबार कारोबार रकमका आधारमा ३२ करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेर नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ। त्यस्तै, अपी पावरको १९ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष