जिल्ला प्रशासन रसुवाका ९० प्रतिशत कर्मचारीलाई कोरोना, शुक्रबारसम्म सेवा बन्द

जिल्ला प्रशासन रसुवाका ९० प्रतिशत कर्मचारीलाई कोरोना, शुक्रबारसम्म सेवा बन्द
+
-

रसुवा – कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले सेवा बन्द गरेको छ। कार्यालयका करिब ९० प्रतिशत कर्मचारीमा कोरोना देखिएपछि सोमबारदेखि सेवा बन्द भएको हो।

सोमबार सूचना जारी गरी कार्यालयका अधिकांश कर्मचारी संक्रमित भएकाले शुक्रबारसम्म सेवा स्थगित गरेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जनाएका छन्।

सेवा प्रदायकका रुपमा कार्यरत कर्मचारी तथा सेवाग्राहीबीच नियमित र प्रत्यक्ष सम्पर्क हुने भएकाले कार्यालयको नागरिकता, संघ संस्था, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी फाँटतर्फका सम्पूर्ण सेवा बन्द गरिएको उनले बताए।

सेवा लिन सदरमुकाम आएका सेवाग्राहीहरू सूचना पाएपछि फर्केका छन्। शान्ति सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक सेवाहरू भने नियमित हुने सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाले बताए।

हिमाली जिल्ला रसुवामा पछिल्लो समय कोरोना संक्रमितको दर बढ्दै गएको छ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष