राष्ट्रिय वाणिज्य बैंकको ५७औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५७औं वार्षिकोत्सव सम्पन्न
+
-

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७औं वार्षिकोत्सव समारोह अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको प्रमुख आतिथ्यतामा कोभिड–१९ का कारण भर्चुअल माध्यमबाट सोमबार सम्पन्न भएको छ।

कार्यक्रममा अर्थमन्त्री शर्माले वित्तीय व्यवस्थापन आफैँमा चुनौतीपूर्ण भए पनि राष्ट्रिय वाणिज्य बैंकले चुनौती सामना गरी व्यावसायिक रूपमा अगाडि बढिरहेको बताए।

उनले बैंक तथा वित्तीय संस्थाले उत्पादनमूलक क्षेत्रमा लगानी गरी राष्ट्र निर्माणमा थप योगदान गर्नुुपर्नेमा जोड दिए।
बैंकले आगामी दिनमा प्रविधिमार्फत दिइने बैंकिङ सेवाले ग्राहकको आकांक्षाबमोजिम ग्राहकमैत्री सेवाका लागि थप कार्य गर्नुपर्ने उनले बताए।

अर्थमन्त्री शर्माले कार्यक्रममा युएसएसडी मोबाइल बैंकिङको डिसप्ले गरी सेवा शुभारम्भ गर्दै यसले इन्टरनेट नभएको स्थानमा पनि वित्तीय पहुँच विस्तार हुने बताए।

बैंकको ५७औं वार्षिकोत्सवको अवसरमा प्रकाशन गरिएको विशेषांक स्मारिका उपहार–२०७८ भर्चुअल माध्यमबाट विमोचन गरिएको थियो।
बैंकले अब सीमित कारोबारका लागि शाखामा जानु नपर्ने गरी बैंकको मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकले दुई लाख रुपैयाँसम्म नगद भुक्तानी लिन सक्ने गरी सबै शाखा कार्यालयको काउन्टरमा स्मार्ट क्युआर टेलर सेवाको शुभारम्भ गरेको छ।

कार्यक्रममा भर्चुअल माध्यमबाट नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको समग्र स्थितिमा सुधारका लागि विगतमा आफूसमेत सहभागी भई कदम चालिएकाले बैंकका वित्तीय अवस्था र सेवाको गुणस्तरमा सुधार भई उत्पादकत्व बढेको र पुनः आउन सक्ने चुनौती सामना गर्न बैंक तयार भइरहनुपर्ने बताए।

उनले अहिलेको अवस्थामा जोगिएर प्रणालीलाई जोगाउनुपर्ने बताए। उनले बैंक तथा वित्तीय संस्थाले तल्लो वर्गका नागरिकको जीवनस्तर उकास्ने गरी लगानी गर्न आग्रह गरे।

बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकले आफ्नो वित्तीय अवस्था तथा परिसूचक उत्कृष्ट रूपमा प्रस्तुत गर्न सफल यो बैंक बैकिङ क्षेत्रका सबै क्षेत्रमा नेतृत्वदायी भूमिका वहन गर्न सफल भएको बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाबारे जानकारी गराउँदै बैंकले डिजिटल सेवालाई जोड दिइरहेको बताए। उनले ०७७ पुस मसान्तसम्म बैंकले २ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष