विद्यार्थीको सिकाइलाई सहज बनाउन ‘मिदास ई–क्लास’ नयाँ रूपमा

विद्यार्थीको सिकाइलाई सहज बनाउन ‘मिदास ई–क्लास’ नयाँ रूपमा
+
-

काठमाडौँ — बिसौँ वर्षको आफ्नो अनुभव र ज्ञानलाई समेटेर सीडीबाट सुरू भएको आफ्नो यात्रामा मिदास एजुकेसन प्रालिले एक पृथक् र परिमार्जित रूपको ‘मिदास इक्लास’ मोबाइल अनि वेब एप सञ्चालनमा ल्याएको छ ।

यसले विद्यार्थीको सिकाइलाई सहज बनाउनुका साथै शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी तुल्याउने विश्वास कम्पनीले लिएको छ।

नर्सरीदेखि ११ कक्षासम्मका विद्यार्थीलाई स्वाध्यायन गर्न र बुझेर पढ्न प्रेरित गर्न ‘मिदास इक्लास’पाठ्यक्रममा आधारित पाठहरूको एनिमेटेड भिडियो,पावर पोइन्ट प्रिजिन्टेसन, क्विज तथा गेम र नोट परिमार्जित रूपमा उपलब्ध गराइएको छ।

विद्यार्थीले मिदास इक्लासमा भएका भिडियो आफूलाई मन लागेका बेला मुभी हेरेजस्तै रमाइरमाइ हेर्दै गाह्रोभन्दा गाह्रा पाठ सजिलोसँग बुझ्न सक्छन्।

यसमा भएका क्विज तथा गेमहरू विद्यार्थीले भिडियो गेम खेलेजसरी खेल्दै आफ्नो पाठ सिक्न सक्छन्।

यसरी गेम खेल्दा सही जवाफ दिएबापत पोइन्ट र उपहार पनि पाउँछन्, जसले विद्यार्थीलाई स्वाध्यायन गर्न र बुझेर पढ्न प्रेरित गर्छ।

विद्यार्थीले पढ्दा केही जानेनन् भने वा होमवर्क गर्दा उत्तर लेख्न आएन भने वा उनीहरूको केही जिज्ञासा भए, उनीहरूले जतिबेला पनि मिडस् एक्लबाट शिक्षकसँग भिडियोमा कुरा वा च्याट गर्दै सिक्न पाउँछन्।

विद्यार्थीलाई सिकाउन देशभरका सयौँ दक्ष शिक्षक हरेक दिन बिहान७ देखि ९ बजेसम्म र बेलुका ४ देखि ९ बजेसम्म भिडियोमा उपलब्ध हुने बताइएको छ।

विद्यार्थीलाई परीक्षा निर्धक्क भएर दिन सक्ने बनाउन ‘मिदास इक्लास’मा स्वमूल्यांकन, मक इक्ज्याम र परीक्षा तयारी कक्षाको व्यवस्था गरिएको छ।

विद्यार्थीको प्रतिभा उजागर गर्न र उनीहरूलाई अतिरिक्त पाठ््यक्रम गतिविधि गराउन ‘मिदास इक्लास’मा आर्ट, भोकल, भोइलिन्, हारमुनियम, डान्स, ह्यान्डराइटिङ, चेस क्लास आदि पनि सञ्चालन गरिने बताइएको छ।

विद्यार्थीमा आत्मविश्वास बढाउन र उनीहरूलाई प्रतिस्पर्धी बनाउन विभिन्न विधा जस्तै साइन्स, म्याथ्स, भाषा, आर्ट, ह्यान्डराइटिङ, लिक्टेचर आदिमा नियमित प्रतियोगिता गराइन्छ र पुरस्कृत गरिन्छ।

मिदास एजुकेसन् प्रालिले ‘मिदास इक्लास’का सेवा विद्यार्थीले आफूलाई रजिस्टर गरेको पहिलो १५ दिनका लागि निःशुल्क उपलब्ध गराएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष