ग्लोकल आफ्टर स्कुलद्वारा अपेक्स कलेजको सहकार्यमा अनलाइन हाजिरीजवाफ प्रतियोगिता गरिने

ग्लोकल आफ्टर स्कुलद्वारा अपेक्स कलेजको सहकार्यमा अनलाइन हाजिरीजवाफ प्रतियोगिता गरिने
+
-

काठमाडौँ – ग्लोकल आफ्टर स्कुलले अपेक्स कलेजको सहकार्यमा एकदिने अनलाइन हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ।
प्रतियोगितामा १६–२४ वर्षका युवा वर्गले निःशुल्क प्रतिस्पर्धा गर्न पाउनेछन्।

युवाको बौद्धिक क्षमता विकास गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताको ४ संस्करण सफलतापूर्वक सम्पन्न गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिता फेब्रुअरी १२ मा एकल राउन्डमा सञ्चालन गरिनेछ। प्रतियोगिता २ फरक विधामा सञ्चालन हुनेछ जसअन्तर्गत आइटी तथा व्यापार एवं पर्यटन र आतिथ्यसम्बन्धी प्रश्न सोधिनेछ।

दुवै विधामा आवेदन खुलेको आयोजकले जानकारी दिएका छन्। दुवै विधा प्रतियोगिताका विजेता, पहिलो रनर अप र दोस्रो रनर अपलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ।

प्रतिस्पर्धा मापदण्डः

– प्रतियोगी १६ देखि २४ वर्ष उमेर समूहको हुनुपर्नेछ ।
– सबै प्रतियोगीसँग २ उपकरण हुनुपर्नेछ (प्राथमिकताः ल्यापटप, मोबाइल)
– आइटी तथा व्यापार एवं पर्यटन र आतिथ्य विधाको आवेदन भर्ने अन्तिम मिति क्रमशः फेब्रुअरी ११ तथा १० निर्धारण गरिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष