सेगवे–नाइनबटको स्मार्ट इलेक्ट्रिक स्कुटर इ–१०० सार्वजनिक

सेगवे–नाइनबटको स्मार्ट इलेक्ट्रिक स्कुटर इ–१०० सार्वजनिक
+
-

काठमाडौँ – छोटो दूरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारी साधन निर्माण गर्ने विश्वप्रसिद्ध कम्पनी सेगवे–नाइनबोटले आफ्नो आकर्षक, नयाँ शैली र मौलिक इलेक्ट्रिक स्कुटर सेगवे इ–१०० बुधबार नेपालमा सार्वजनिक गरेको छ।

सन् २००१ देखि यो कम्पनी दुईपांग्रे सेल्फ–ब्यालेन्सिङ सवारी र इलेक्ट्रिक सवारीको उत्पादनका लागि प्रख्यात छ।

सेगवेले सन् १९९९ देखि रोबोटिक प्रविधिमा प्रवेश गरे पनि प्राविधिक विकासमा यसको प्रगतिले फड्को मारेको छ, विशेष गरी बम डिस्पोजल रोबोट, पर्सनल रोबोट, डेलिभरी रोबोट आदिमा।

सेगवे नाइनबोटका लागि नेपालमा आई हव प्रालि आधिकारिक आयातकर्ता र वितरक कम्पनी हो। आई हव प्रालिका निर्देशक तथा मालिक ‘बिजुली दाइ’ भनेर चिनिने लोकेश ओलीले नेपालमा प्रख्यात ब्रान्ड सेगवेलाई विद्युतीय सवारी साधनको साथ स्वच्छ र सुरक्षित पर्यावरण प्रवद्र्धन गर्ने उद्देश्यले आयात गरेका हुन्।

इ–स्कुटर ब्रान्ड सेगवे इ–१०० माघ तेस्रो सातादेखि नेपाली बजारमा उत्पादक वारेन्टीसाथ उपलब्ध छ। आइ हव प्रालिले निकट भविष्यमा नेपाली बजारका लागि सेगवे इ–स्कुटरका अन्य मोडल पनि ल्याउने बताइएको छ।

सेगवे इ–१००

सेगवे इ–१०० चालक नबसेसम्म स्टार्ट हुँदैन। त्यसैगरी, स्कुटरको स्ट्यान्ड नउठाउँदासम्म पनि यो चल्दैन। सेगवे इ–१०० माकिलेस सिस्टम रहेको छ। साँचोबाहेक रिमोट कन्ट्रोलमा दुई वटा बटन छन् – एउटाले स्कुटरलाई अन÷अफमोडमा राख्छ भने अर्कोले स्कुटरलाई लक गर्न मद्दत गर्छ।

सिट कुसनको तल्लो भागमा रहेको २२ लि. क्षमताको सिट, पूर्ण साइजको हेलमेट अथवा १३ इन्चको ल्यापटप अट्ने ब्याग अथवा सोही भोल्युमको वस्तु राख्ने पर्याप्त ठाउँ उपलब्ध गराउँछ।

नाइनबट इ–स्कुटर इ–१०० चार भिन्न आकर्षक रंगमा उपलब्ध छ – कालो, सेतो, नीलो र रातो। यसमा ६ वटा लेन्ससहितको इन्टेलिजेन्ट म्याट्रिक्स एलईडी हेडल्याम्प राखिएको छ जसले स्वचालित रुपमा वातावरणीय प्रभावअनुसार प्रकाश फ्याँक्छ।

यसमा ४% भोल्युमबाट १००% भोल्युमसम्म चार्ज गर्न लगभग ७ घण्टा लाग्छ। डुअल ब्याट्री मोडअन्तर्गत यसमा २०० किमिसम्म यात्रा गर्न सकिन्छ। सेगवे इ–१०० को नेपाली मूल्य २,९१,००० तोकिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष