खल्तीले ल्यायो पाँचौँ वार्षिकोत्सवमा ‘रिफर एन्ड अर्न’ को अफर

खल्तीले ल्यायो पाँचौँ वार्षिकोत्सवमा ‘रिफर एन्ड अर्न’ को अफर
+
-

काठमाडौँ – अनलाइन भुक्तानी सेवाप्रदायक खल्तीले बुधबारबाट ५ वर्ष पूरा गरेको छ।

हरेक नेपाली घरपरिवारको दैनिक भुक्तानीलाई डिजिटाइज गर्ने लक्ष्य लिएर अघि बढिरहेको खल्तीले दैनिक लाखौँ मानिसको जीवन सहज गर्दै आएको जनाएको छ।

युवमाझ बढी प्रचलित खल्ती नेपाली फिनटेक उद्योगमा एक फरक एवं नवीन पहिचान बोकेको ब्रान्ड हो।

युवाले नै भरिएको मार्केटिङ टिम भएको खल्तीको जानकारी प्रवाह गर्ने माध्यम पनि साधारणतय हुने मार्केटिङभन्दा भिन्न छ।

वार्षिकोत्सवको अवसरमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा खल्तीसँग यात्रामा आबद्ध भएका सबैलाई टिमको तर्फबाट खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बधाई तथा धन्यवाद दिएका थिए।

उनले भने, ‘आगामी दिनमा हरेक उमेर समूहलाई खल्ती प्रयोग गर्न उत्प्रेरित गर्ने उद्देश्यसाथ खल्तीलाई अझै सरल र उपयोगी बनाउने हिसाबले थप सेवा–सुविधा लिएर आउने हाम्रो लक्ष्य छ।’

खल्तीको आजसम्मको यात्रा सम्झिँदै खल्तीका चार संस्थापक तथा डाइरेक्टरहरूले हरेक प्रयोगकर्ताको समस्या र आवश्यक्ता सुनी सोअनुसार सहज सुविधा ल्याउन प्रयत्नरत गर्ने बताएका छन्।

खल्तीका संस्थापक तथा डाइरेक्टर अमित अग्रवाल भन्छन्, ‘विभिन्न सेवा–सुविधा तथा आकर्षक अफर समयअनुसार विस्तार गर्दै डिजिटल नेपालको सपना सार्थक गर्न लागिपरेका छौँ। र, हरेक दिन, हिजोभन्दा आज र आजभन्दा भोलि अझ राम्रो हुँदै जानेछौं।’

अर्का संस्थापक तथा डाइरेक्टर मनीष मोदी भन्छन्, ‘डिजिटल नेपालको सपना र सबै नेपालीमाझ पुग्ने भिजनका साथ सुरु गरेको खल्तीलाई आजको दिन यो स्थानमा लैजान सदैव साथ दिने मेरो टिम, परिवार, साथीहरू, प्रयोगकर्ता, एजेन्ट, बैंक, व्यापारी, आवेदक तथा शुभचिन्तकलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि यही साथ, सहयोग र उत्साहजनक सहभागिता र साथको आशा खल्ती टिमले राखेका छौं।’

त्यस्तै, संस्थापक तथा डाइरेक्टर अरविन्द साह भन्छन्, ‘खल्तीले नेपालको डिजिटल इकोसिस्टममा तरंग ल्याउन सकेकोमा सम्पूर्ण खल्ती टिम र प्रत्यक्ष–अप्रत्यक्ष संलग्न महानुभावप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।’

त्यस्तै, अर्का संस्थापक तथा डाइरेक्टर ध्रुव अधिकारी भन्छन्, ‘आधा दशकदेखि निरन्तर सरल, सुलभ र सुरक्षित भुक्तानीको सही प्रत्याभूति प्रदान गर्न अनवरत लागिरहेको खल्तीलाई अबको दिनमा अझै पृथकीकरण गर्दै लैजाने दायित्व बढेको छ। त्यसैले प्रारम्भिक भुक्तानीप्रदायकको सतहबाट माथि उठेर भोलिको बजारलाई नै निर्देशित गर्ने गरी काम गर्ने जिम्मेवारीबोध गर्दै कार्य अगाडि बढाउने प्रयासमा हामी उत्प्रेरित रहनेछौँ।’

खल्ती परिवारले पाँचौँ वार्षिकोत्सवको अवसरमा आफ्ना प्रयोगकर्ताका लागि ‘रिफर एन्ड अर्न’ को अफर पनि ल्याएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष