भारतको गणतन्त्र दिवसमा भूपू सैनिकका लागि ‘मोबिलिटी एड डिस्ट्रिब्युसन क्याम्प’

भारतको गणतन्त्र दिवसमा भूपू सैनिकका लागि ‘मोबिलिटी एड डिस्ट्रिब्युसन क्याम्प’
+
-

काठमाडौँ – भारतको ७३औं गणतन्त्र दिवसको अवसरमा भारतीय राजदूतावासको रक्षा प्रभागले ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत कार्यक्रमको रूपमा धरानस्थित पेन्सन वितरण कार्यालयको तत्वावधानमा भारतीय सेना तथा आसाम राइफल्सका भूपू सैनिकका लागि धरानमा ‘मोबिलिटी एड डिस्ट्रिब्युसन क्याम्प’को आयोजना गरेको छ।

उक्त शिविर भारतीय सेनाका भूपू सैनिकहरूको कल्याण हेतु रक्षा प्रभागले चालेका थुप्रै प्रयासमध्ये एक हो। यस शिविरमा ३२ जना दिव्यङ्गजन भूपू तथा उनीहरूको परिवारका सदस्यलाई ह्विलचेयर एवं बैसाखी प्रदान गरिएको थियो।

उमेरसम्बन्धी अशक्तता/दुर्बलता र अन्य स्वास्थ्य समस्याबाट पीडित भूपू सैनिक तथा उनका परिवारका सदस्यलाई पेन्सन डकुमेन्टेसन क्याम्प तथा र्‍यालीमार्फत पहिचान गरिएको थियो।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्थोपेडिक्स विभागले स्वास्थ्य परीक्षणमा सहयोग गरेको थियो। यस किसिमको मोबिलिटी एडले पीडितको शारीरिक क्रियाकलापमा सघाउँदै उनीहरूलाई समाजसँग जोड्न मद्दत गर्नेछ।

महामारीका बेला आफ्ना भूपू सैनिक तथा समाजको हित हुने काम गर्न तथा उनीहरूको समस्या निराकरण गर्न रक्षा प्रभागले विविध उपाय अपनाइरहेको छ।

समयमै पेन्सनको भुक्तानी, भर्चुअल आइडेन्टिफिकेसन, डिजिटलाइजेसन, रक्तदान शिविर, रासन वितरण, मास्क तथा स्यानिटाइजर वितरण, स्थानीय प्रशासनलाई सहयोग, ह्विलचेयरको वितरण, धेरैभन्दा धेरै क्षेत्र समेट्न नयाँ डक्युमेन्टेसन  र्‍यालीजस्ता विभिन्न कार्य प्रभागले गर्दै आएको छ।

हाम्रा भूपू सेना तथा नेपाली समाजको कल्याणका लागि हामीले चालेका प्रयासले हाम्रो चासो र प्रतिबद्घतालाई जनाउँछ। ‘हाम्रा भूपू सेनाका लागि हामी थियौं, हामी छौं र हामी सदैव रहनेछौँ’ प्रभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष