
काठमाडौँ – चीनले भारतलाई अरुणाचलका अपहृत युवक हस्तान्तरण गरेको छ। भारतीय केन्द्रीय मन्त्री किरेन रिजिजूले चिनियाँ सेनाले अरुणाचल प्रदेशका मिराम तारोनलाई भारतीय सेनालाई बुझाएको जानकारी दिएका हुन्।
मन्त्री रिजिजूले मिराम तारोनको मेडिकल परीक्षणसहित अन्य प्रक्रिया पालना गरिएको बताए।
अरुणाचल प्रदेशका १७ वर्षीय अपर सियांग जिल्लाको जिदो गाउँमा बस्ने गर्छन्। उनी गत १७ जनवरीदेखि बेपत्ता थिए।
उनलाई चिनियाँ सेनाले अपहरण गरेको समाचार भारतीय मिडियामा आएका थिए। अपर बेपत्ता भएको समाचार सार्वजनिक भएपछि कांग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका थिए।