शाओमीको रेडमी नोट ११ सार्वजनिक

शाओमीको रेडमी नोट ११ सार्वजनिक
+
-

काठमाडौँ – शाओमीले रेडमी नोट ११ सार्वजनिक गरेको छ। शाओमीले रेडमी नोट सेरिजको विरासतलाई अगाडि बढाउँदै आफ्नो क्यामेरा, सिस्टम, चार्जिङ स्पिड, डिस्प्लेमा शक्तिशाली अपग्रेड ल्याउँदै फ्ल्यागसिप फोनलाई सबैको पहुँचमा पुर्‍याउने उद्देश्यले बिहीबारदेखि नेपाली बजारमा रेडमी नोट ११ सार्वजनिक गरेको हो।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘रेडमीमा हामी हाम्रा हरेक आमउपभोक्तालाई नै ध्यानमा राखेर गरिरहेका हुन्छौँ। जसले गर्दा प्रविधिलाई आमजनतासामु सर्वसुलभ रुपमा पुर्‍याउने काम गर्न हामीलाई अग्रसर बनाएको छ। भर्खरै लन्च गरिएको रेडमी नोट ११ ले एकदमै सुपथ मूल्यमा नवीनता प्रदान गर्ने हाम्रो मूल दर्शनलाई दर्शाएको छ, जसले स्मार्टफोन इन्डस्ट्रीमा हामीलाई ट्रु गेम चेन्जर बनाएको छ। यो विरासतलाई कायम गर्दै हामी रेडमी नोट ११ लाई प्रस्तुत गर्दै छौँ जसले उत्कृष्ट क्यामेराका साथ अझै उत्कृष्ट प्रदर्शनी पनि दिन्छ।’

फ्ल्यागसिप लेभल ६ एनएमसहितको स्न्याप्ड्र्यागन ६८० को प्रोसेसर भएको यो फोनले उत्कृष्ट पर्फमेन्स गर्नुका साथै ब्याट्री पनि टिकाउ हुन्छ। यसमा भएको ५००० एमएचको ब्याट्री पनि सर्वाधिक टिकाउ हुने कम्पनीले जनाएको छ।

रेडमी नोट ११ मा ५० एमपी मेन क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा, २ एमपी म्याक्रो क्यामेरा र २ एमपी डेप्थ क्यामेरा छ।

११८ डिग्रीको भ्युइङ एंगल भएको ८ एमपीको अल्ट्रा–वाइड क्यामेराले राम्रो पोर्टेट फोटो खिच्नुका साथै २ एमपीको म्याक्रो क्यामेराले नजिकको वस्तु राम्रो डिटेलसहित खिच्न सक्ने बताइएको छ।

१२० एचजेटसम्मको उच्च रिफ्रेस रेट र३६०एचजेट सम्मको टच स्याम्प्लिङ् रेटसहितको रेडमी ११ ले स्मुथ एनिमेसन र ल्यागफ्री ट्रान्जिसनको साथ स्क्रिन अनुभवलाई अझ राम्रो बनाउने कम्पनीको विश्वास छ। नेट ११ को स्क्रिन साइज ६.६७इन्च र ६.४३ इन्च रहेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष