फार्मेसीविहीन जिल्ला अस्पताल

फार्मेसीविहीन जिल्ला अस्पताल
+
-

मुगु – हिमाली जिल्ला मुगुमा रहेको जिल्ला अस्पतालमै फार्मेसी नहुँदा यहाँका बिरामी सास्ती खेपिरहेका छन्। जिल्लाको एक मात्र पन्ध्र शय्यामा निर्माण भएको अस्पतालमा फार्मेसी विनाको अस्पताल हुँदा यहाँका बिरामीलाई औषधि पाउनै मुस्किल हुने गरेको छ।

०६३ सालमा स्थापना भएको जिल्ला अस्पतालमा हालसम्म फार्मेसी सेवा स्थापना नहुँदा बिरामीले निजी मेडिकलको औषधि चर्को मुल्य हालेर उपचार गर्नु पर्ने अवस्थाले झन् सास्ती भएको छ।

उपचारको लागि अस्पतालमा आएका बिरामीलाई चिकित्सकले चेकजाँच गरी अस्पताल भित्र पाइने निस्शुल्क औषधि दिने र नभएको औषधि पुर्जामा लेखेर बिरामीलाई गमगढी बजारमा रहेका निजी मेडिकलमा पठाउने गरेका छन्।

जिल्ला अस्पतालमै फार्मेसी नहुँदा बिरामीलाई औषधि उपचार गर्न गाह्रो अवस्था भएको चिकित्सक नहकुल शाहीले बताए। उपचार गर्न आएका बिरामीलाई सबै प्रकारका औषधि प्राप्त होस भन्ने उद्देश्यले अस्पतालले अनिवार्य फार्मेसी स्थापना गर्नु पर्ने हो।

जिल्ला अस्पतालका चिकित्सक भन्छन्, ‘सरकारले दिएको निःशुल्क औषधिले सबै बिरामीको उपचार हुँदैन। केही औषधि फार्मेसीबाट ल्याएर उपचार गर्नुपर्ने हुन्छ। तर, त्यो सुविधा छैन।’

जिल्ला अस्पतालबाट माथि गमगढी बजारका मेडिकल पुग्न ३० मिनेट समय लाग्ने गरेको छ। निःशुल्क र सहुलियत दरमा उपचार गर्न जिल्ला अस्पताल आएका बिरामीलाई उल्टै महँगो औषधिको मार खेप्नु पर्ने अवस्था अस्पतालमा छ।

जिल्ला अस्पतालमा फार्मेसी खोल्नुपर्ने नियम भए पनि सम्बन्धित निकायले वास्ता नगर्दा अस्पताल लामो समयदेखि फार्मेसी विहीन छ।

‘निर्देशिका बनाएर अस्पतालमा फार्मेसी स्थापना गर्ने सोचमा छौं,’ जिल्ला स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्य सेवा व्यवस्थापक प्रमुख उमेश गौतमको भनाई छ। फार्मेसी स्थापना गर्न करिब ५ लाख बजेट चाहिने उक्त बजेट प्रदेश कार्यालयमा माग गर्नुपर्ने उनको भनाइ छ।

अस्पतालमा फार्मेसी स्थापना गर्न सकियो भने बिरामीलाई औषधिमा २० प्रतिशत छुट दिन सकिने उनले बताए। क्षेत्रीय मेडिकल स्टोरले उपलब्ध गराउने ७० प्रकारको निःशुल्क औषधि र जिल्ला स्वास्थ्य सेवा कार्यालयको बजेट बाट खरिद गरेको औषधि स्टोरमा राख्ने र आवश्यकता अनुसार सोही औषधि बिरामीलाई दिने गरिएको छ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयले चालु आर्थिक वर्षमा आफ्नो बजेटबाट औषधि नै खरिद नगर्दा जिल्लामा औषधिको जटिल समस्या देखिएको छ। औषधि खरिदको लागि १८ लाख बजेट भए पनि अहिलेसम्म उक्त बजेट कागजमै सीमित राखिएकाले बिरामीलाई औषधि किन्न मेडिकल पठाउने गरिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष