मैवाखोला गाउँपालिकामा ५५९ जना गरिब!

मैवाखोला गाउँपालिकामा ५५९ जना गरिब!
+
-

ताप्लेजुङ – ताप्लेजुङको मैवाखोला गाउँपालिका भित्र ५५९ जना गरिब पहिचान भएको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रलयद्वारा गरिब पहिचान र परिचय कार्यक्रममा सो संख्यामा गरिबको प्रारम्भिक सूचीमा परेको हो।

अति विपन्न २३६ जना रहेको मैवाखोला गाउँलिकाको जनाएको छ। १२२ जना सामान्य गरिब रहेको छ भने त्यस्तै १३८ जना मध्यम गरिब गरेको गाउँपालिकाको गुनासो सुनुवाइ अधिकारी अनिल तामाङले बताए।

गत २०७६/७७ आर्थिक वर्षमा भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गाउँपालिकामा तथ्यांक संकलन गरेको थियो। सो तथ्यांकलाई अन्तिम रुप दिनका लागि गाउँपालिकामा गुसानो सुनुवाई अधिकारी नियुक्ति समेत गरिसकेको मन्त्रलयले जनाएको छ।

बिहीबारदेखि २८ माघसम्म आफूले चित्त नबुझेको खण्डमा उजुरी दिन समय तोकिएको गुनासो सुनुवाइ अधिकारी तामाङले बताए।  तोकिएको समयमा कुनै गुनासो तथा उजुरी नपरेमा सार्वजानिक भएको तथ्यांकका आधारमा गरिब पहिचान परियपत्र मन्त्रलयले वितरण गर्ने तामाङले बताए।

अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय मन्त्रलयले जनाएको छ ।

गरिब घरपरिवार परिचय पत्रले लक्षित एवं विपन्न वर्गलाई राहत, सहुलियत, रोजगारी, सामाजिक सुरक्षा लगायतमा विशेष सहयोग पुर्‍याउने उद्देश्यले गरिब तथा विपन्न वर्गलाई लक्षित गरी विभिन्न निकायबाट सञ्चालित कृषि कर्जा, सहुलियतपूर्ण व्याज, कृषिका लागि अनुदान, स्वास्थ्य उपचार, शिक्षामा सहुलियत लगायतका कार्यक्रमहरुको प्रभावकारिता  दिने मन्त्रलयले जनाएको छ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष