रौता पोखरी क्षेत्रमा खुल्न थाले नयाँनयाँ होटेल र रिसोर्ट

रौता पोखरी क्षेत्रमा खुल्न थाले नयाँनयाँ होटेल र रिसोर्ट
+
-

उदयपुर – उदयपुरको रौतामाई गाउँपालिका-६ मा पर्ने धार्मिक पर्यटकीय क्षेत्र रौतापोखरीमा व्यापारीले लगानी बढाउन थालेका छन्। धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको रौतापोखरी जाने सडक स्तरोन्नतिसँगै व्यापारीले लगानी बढाउन थालेका हुन्।

सडक स्तरोन्नतिले दैनिक जसो आन्तरिक र बाह्य पर्यटकको आवतजावत हुन थालेपछि व्यापारीले ठूला लगानीमा आकर्षक र सुविधा सम्पन्न होटेल बनाउन सुरु गरेका छन्। रौतामाई गाउँपालिका-६ मा रहेको रौतापोखरी हिन्दु धर्मको धार्मिक आस्थाको केन्द्रको रूपमा परिचित छ।

पर्यटकीय गन्तव्य केन्द्र बनेको रौतापोखरीमा भर्खरै दुई व्यापारीले २ करोड २५ लाखको लगानीमा ‘रौता दरबार माउन्टेन भ्यु रिसोर्ट’ सञ्चालनमा ल्याइएका छन्। दुई दर्जन व्यापारीले जग्गा खरिद गरी होटेल तथा रिसोर्ट खोल्ने तयारी गरेको वडाध्यक्ष तिलकुमार रानाले बताए।

राजनीति र समाजसेवा गर्दै आएका गाईघाटका सरोज बस्नेत र रामपुरका शिव अधिकारीको लगानीमा रिसोर्ट निर्माण गरिएको हो। बस्नेत हाल नेपाली काँग्रेस त्रियुगा नगर समितिको सभापति छन् भने सहकारीलगायत विभिन्न संघसंस्थामा समेत आबद्ध भएर समाज सेवामा क्रियाशील छन्।

अधिकारी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला स्तरीय नेता हुन्। दुवै जनाको संयुक्त लगानीमा रिसोर्ट सुरु गरिएको अधिकारीले बताए। रौतापोखरी कच्ची सडकले छोएसँगै विगत दुई दशक यता बजारीकरण हुँदै आएको छ।

समुन्द्री सतह देखि १ हजार ७ सय ७० मिटरको उचाइमा रहेको यो पोखरी सदरमुकाम गाईघाटबाट ४६ किलोमिटर दूरी रहेको छ। त्यसमध्ये ३८ किलोमिटर कालोपत्रे भइसकेको र बाँकी सडक पनि स्तरोन्नति भइसकेकाले पर्यटकको रोजाइमा रौतापोखरी पर्ने गर्छ। त्यहाँ पुगेका पर्यटकले राम्रो वासस्थान र खानपिन गर्न नपाएपछि व्यापारीले लगानी बढाएका हुन्।

पर्यटकको रुचीलाई अझै व्यवस्थित र सुविधा सम्पन्न होटेलको अभाव टार्न रिसोर्ट सुरु गरिएको उनको भनाई छ। यो रिसोर्ट रौतापोखरी क्षेत्रका अहिलेसम्मकै ठूलो लगानीको होटेल हो। व्यापारीले रौतापोखरी आसपासमा धेरै जग्गा खरिद गरेता पनि व्यावसायिक होटेलमा कसैले लगानी नगरेकाले आफूहरूले लगानी गरेको उनको भनाई छ।

सुविधा सम्पन्न होटेलको आवश्यकता महसुस गरी रिसोर्ट सञ्चालन गर्न खोजिएको सञ्चालक सरोज बस्नेतले बताए। यसले एकातिर पर्यटन विकासमा सहयोग गर्ने र अर्कातिर रोतौपोखरी क्षेत्रको विकासमा पनि टेवा पुग्ने उनको भनाई छ।  रिसोर्टको दुई तले पक्की भवन र २ वटा कटेज बनिसकेका छन्। रिसोर्टटमा ८० जना आँट्ने क्षमताको सभाहल तयार भइसकेको छ।

रिसोर्टमा सुविधा सम्पन्न ९ वटा लक्जरियस कोठाहरू रहेका छन्। रौता पोखरीमा १२ महिनै स्वच्छ वातावरण, चिसो मौसम र चारैतिरको मनमोहक दृश्य देख्न सकिने स्थान हो। बजारीकरण बढ्दै गएको रौतामा सामुदायिक होमस्टे र झन्डै १ दर्जन हाराहारी ससाना होटेल, रेस्टुरेन्टहरू सञ्चालनमा छन्। तर, पछिल्लो केही वर्ष यता आन्तरिक र बाह्य पर्यटकको आवागमन बढ्दै जाँदा सुविधा सम्पन्न होटेलको अभाव हुँदै आएको थियो।

वडाध्यक्ष रानामगरले भने, पाँच वर्ष अघिसम्म लाख रुपैयाँ रोपनीमा पाइने आसपासका जग्गा अहिले १० लाख बढी पुगेको छ। मुख्य ठाउँमा २० लाख रुपैयाँ रोपनीका खरिद बिक्री सुरु भएको उनले बताए। उनले सडक सञ्जाललाई अझ व्यवस्थित बनाउन सके धार्मिक आस्थाका भक्तजन र पर्यटकमा बढ्ने थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष