पत्रकार विश्वकर्माको निधनमा सिभिल अस्पताल दोषी: महासंघ

पत्रकार विश्वकर्माको निधनमा सिभिल अस्पताल दोषी: महासंघ
+
-

काठमाडौँ – टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको निधन भएको विषयमा गठित अध्ययन समितिले प्रतिवेदन सार्वजनिक गरेको छ।

विश्वकर्माको २०७८ माघ ६ गते बिहान निधन भएको थियो। उक्त विषयमा अध्ययन गर्न नेपाल पत्रकार महासंघले तीन सदस्यीय अध्ययन समिति गठन गरेको थियो।

समितिले एक सातासम्म लगाएर मृतक पत्रकारका आफन्त, कार्यरत सञ्चारसंस्था, घटनासँग जोडिएका अस्पताल र अन्य सरोकारवालासँग प्रत्यक्ष भेटघाट, संवाद र टेलिफोनमार्फत कुराकानी गरेर एक प्रतिवेदन तयार गरी महासंघलाई बुझाएको हो।

उक्त प्रतिवेदनको सारांशसहित विज्ञप्तिमार्फत सार्वजनिक गरिएको अध्ययन समितिका संयोजक रामकृष्ण अधिकारीले जानकारी दिए।

प्रतिवेदनमा पत्रकार विश्वकर्माको निधन हुनुमा सिभिल अस्पतालको लापरवाही मुख्यकारण देखिएको उल्लेख छ।

यस प्रकरणको निष्पक्ष छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउनु अस्पतालहरुको जिम्मेवारी र कर्तव्य हुने महासंघको ठहर रहेको प्रतिवेदनमा उल्लेख छ।

महासंघले पत्रकार विश्वकर्माको परिवारलाई तत्काल राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

महासंघले पत्रकार विश्वकर्मासँग आश्रित परिवार (श्रीमती र साढे ३ वर्षको छोरा) को हेरविचारका लागि श्रीमतीलाई जीवन निर्वाहका लागि रोजगारी र बच्चाको उच्च शिक्षासम्मको पढाइको जिम्मेवारी लिन उनी कार्यरत रहेको सञ्चार गृह र सम्बन्धित पक्षलाई आग्रह पनि गरेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष