मृत्यु भइसकेका व्यक्तिलाई अदालतद्वारा जन्मकैदको फैसला

मृत्यु भइसकेका व्यक्तिलाई अदालतद्वारा जन्मकैदको फैसला
+
-

सुर्खेत – जिल्ला अदालत दैलेखले मृत्यु भएका एक व्यक्तिलाई जन्मकैदको फैसला गरेको छ। कर्तव्य ज्यान मुद्दा चलिरहेका कसूरदारको मृत्युपछि जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो।

दैलेख जिल्ला अदालतले डुंगेश्वर गाउँपालिका–२ की २५ वर्षीया डिलकुमारी बिक ९तत्कालिन समयमा० लाई हत्या गरेको अभियोगमा डुंगेश्वर गाउँपालिका–१ बेलपाटाका शेरबहादुर बिष्टलाई २० वर्ष जन्मकैद फैसला गरेको हो।

अदालतले विष्टलाई जीवित छँदा गरेको अपराधको भागिदार ठहर गरेको अदालतका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले बताए।

‘जीवित छँदा गरेको अपराधमा सजाय गर्नु परे पनि अपराधीको मृत्युसँगै अपराध पनि मर्छ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्तअनुसार सजाय असुल गर्न नपर्ने ठहर्ने फैसलामा व्याख्या गरिएको छ’, उनले भने, ‘२१ वर्षअघि २६ फागुन ०५७ मा बलात्कारपछि हत्या गरेको भन्ने आरोपमा ३ पुस ०७७ मा जिल्ला अदालतमा दर्ता भएको अभियोगमा मुद्दाको अनसन्धान चलिरहेकै बेला विष्टको ७५ वर्षको उमेरमा २८ जेठ ०७८ मा मृत्यु भएको थियो।’

घटनाको भोलिपल्टदेखि नै फरार भएका विष्ट सिकिस्त बिरामी अवस्थामा असोज ०७७ असोजदेखि सुर्खेतमा बस्दै आएका थिए।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष