चीन-रुस मिलेर चन्द्रमामा ‘रिसर्च सेन्टर’ बनाउँदै, अमेरिकालाई चिन्ता

चीन-रुस मिलेर चन्द्रमामा ‘रिसर्च सेन्टर’ बनाउँदै, अमेरिकालाई चिन्ता
+
-

काठमाडौँ – केही समयअघिसम्म विभिन्न राष्ट्रबीच चन्द्रमामा पाइला कसले राख्ने भन्नेबारे प्रतिस्पर्धा थियो। तर अब चन्द्रमामा विभिन्न निर्माण कार्य गर्नेमा तीव्र प्रतिस्पर्धा सुरु भएको छ।

अमेरिका र चीनबीच चन्द्रमाको विषयमा ठूलो तँछाडमछाड चल्न थालेको छ। हालै चीनले आफू र रुस मिलेर चन्द्रमामा २०३५ सम्ममा एक रिसर्च सेन्टर निर्माण गर्ने बताएको छ।

चीनको घोषणाले सबैभन्दा बढी अमेरिकाको टाउको दुखेको छ। चीनले घोषणा गरेको रिसर्च सेन्टरले अमेरिकी स्पेस एजेन्सी नासालाई टक्कर दिने बताइएको छ। चीनको स्पेस एजेन्सी चाइना नेसनल स्पेस एड्मिनिस्टे«सन (सीएनएसए)का अधिकारीहरूले शुक्रबार इन्टरनेसनल लुनर रिसर्च स्टेसन (आईएलआरएस) निर्माण गर्ने योजनाको पुष्टि गरेका हुन्।

सीएनएसएका उपनिर्देशक वु यानहुआले पेइचिङमा मिडियासँग भने, ‘रुस र चीनको लक्ष्य २०३५ सम्म आईएलआरएसको सम्पूर्ण ढाँचाको निर्माण गरिसक्नु रहेको छ।’

आईएलआरएसले नासाको लुनर गेटवेलाई टक्कर दिने बताइएको छ, जसलाई अमेरिकी अन्तरिक्ष एजेन्सीको आगामी अर्टेमिस प्रोग्राममा महत्वपूर्ण भूमिका निर्वाह गर्न तयार राखिएको छ। तथापि, नासाको लुनर गेटवेले केवल चन्द्रमाको परिक्रमा गर्नेछ, आईएलआरएसले परिक्रमाका साथै चन्द्रमो सतहमा अन्य खोजीसमेत गर्नेछ।

ब्लुमबर्ग क्विन्टको रिपोर्टमुताबिक, रुस र चीनको आगामी लक्ष्य चन्द्रमामा अन्य निर्माणसमेत गर्ने रहेको छ, जसमा ऊर्जा, सञ्चार तथा लाइफ सपोर्टिङ सिस्टमसमेत सामेल छ।

अन्य देश पनि सहभागी हुन सक्ने

आईएलआरएसको ढोका अन्य देशका लागि पनि खुला रहेको बताइएको छ। यानहुआले भने, ‘हामी अन्तर्राष्ट्रिय सहयोगीहरूको व्यापक सहभागिताको स्वागत गर्दछौं।’

यो परियोजना मार्च २०२१ मा रुस र चीनबीच भएको एक सम्झौताबाट सुरु भएको थियो। यसअघि रुसले नासाको गेटवे प्रोग्राममा सहभागी हुने इच्छा देखएको थियो। २०१७ मा रुसको स्पेस एजेन्सी रोस्कोस्मोस र नासाले संयुक्त ज्ञापनपत्र पनि प्रकाशित गरेका थिए। तर पछि जनवरी २०२१ मा रुसले नासासँग सहकार्य नगर्ने घोषणा गरेको थियो। (एजेन्सी)

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष