बागमती नदी किनारमा बनेका अनधिकृत संरचना हटाउन सार्वजनिक सूचना जारी

बागमती नदी किनारमा बनेका अनधिकृत संरचना हटाउन सार्वजनिक सूचना जारी
+
-

काठमाडौँ – काठमाडौंको गुह्येश्वरीदेखि थापाथली पुलसम्मको बाग्मती नदी र सडकबीचको किनारमा दुवैतर्फ अनधिकृत रुपमा बनेका स्थायी तथा अस्थायी संरचना हटाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ।

मितिले ती नदी किनारछेउमा रहेका सुकुम्बासी बस्तीबाहेकका स्थायी संरचना हटाउन ७ दिने र अस्थायी संरचना हटाउन ३ दिने सार्वजनिक सूचना शनिबार (हिजो) जारी गरेको हो।

मठमन्दिर, देवालय, धार्मिक स्थान, मूर्तिरहेका स्थान, स्थल, पार्कभन्दा पनि नदी र सडकबीचको किनारमा अनधिकृत रुपमा बनेका अस्थायी तथा स्थायी संरचना हटाउन सार्वजनिक सूचना जारी गरिएको समितिका सूचना अधिकारी कमल अर्यालले बताए।

उनले आइतबार सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा ती नदी किनारमा संरचना बनाएर बसेका सुकुम्बासी बस्ती हटाउने विषयले भने अहिले प्रवेश नपाएको स्पष्ट पारे। सूचना अधिकारी अर्यालले ती नदी किनाराका सुकुम्बासी बस्ती हटाउनका लागि उनीहरूको उचित व्यवस्थापनका लागि राष्ट्रिय भूमि आयोग र सम्बन्धित निकायसँग छलफल भइरहेको पनि जानकारी दिए। समितिका अनुसार थापाथली बागमती किनारमा मात्रै १४५ घरधुरी सुकुम्बासी बस्ती छ। त्यो बस्ती हटाउने विषयमा त्यहाँका समिति, भूमि आयोग र सम्बन्धित निकायसँग छलफल भइरहेको समितिले जनाएको छ।

समितिका सूचना अधिकारी अर्यालले भने, ‘दोस्रो चरणमा हामीले गुह्येश्वरीदेखि थापाथली पुलसम्म यस्ता प्रकृतिका संरचना जुन सम्झौताविपरीत छन्। सम्झौतामा मठमन्दिर, देवालय छन। धार्मिक स्थल पनि छन्। ती धार्मिक स्थल, मठमन्दिर भन्दा, मूर्ति रहेका स्थान, स्तम्भ, पार्कभन्दा पनि अनधिकृत रुपमा बनेका संरचना हटाउन हामीले फेरि हिजो सार्वजनिक सूचना प्रकाशन गरेका छौं। ७ दिनमा स्थायी प्रकृतिका संरचना र ३ दिनमा अस्थायी प्रकृतिका संरचना हटाउन हामीले सूचना जारी गरेका छौं। यसमा अहिले सुकुमबासी बस्तीको सन्दर्भमा पनि त्यहाँ रहेका समितिसँग छलफल, अन्तरक्रिया गरिराखेका छौं। थापाथलीमा १४५ घरधुरी हुनुहुँदोरहेछ। त्यहाँका सबै समितिका पदाधिकारीसँग अन्तरक्रिया गर्‍यौँ। उहाँहरूको व्यवस्थापनका लागि भूमिहीन आयोग पनि बनेको छ। आयोग र सम्बन्धित निकायसँग पनि हामी छलफलमा छौं, उहाँहरूको व्यवस्थापनका लागि। र, आयोगसँग समन्वय गरेर हामी अगाडि बढ्छौं। अहिले अनधिकृत रुपमा बनेका नदी र सडकको बीचमा रहेका संरचना हटाउन जाँदै छौँ।’

सो समितिले यसअघि यस्तै प्रकृतिको सूचना सार्वजनिक गरेर गोकर्णदेखि गुह्येश्वरी नदी किनारामा अनधिकृत रुपमा बनेका २७ वटा संरचना हटाउने काम गरेको थियो।

समितिका सूचना अधिकारी अर्यालले १५ दिनअघि सो खण्डमा अनधिकृत रुपमा बनेका २७ वटा संरचना हटाउने काम गरिएको बताए।

समितिले बागमती नदीको सौन्दर्यमाथि आँच आउने अनधिकृत रूपमा बनेका सबै संरचना सम्बन्धित पक्षसँग अनुमति लिएर, छलफल गरेर हटाउँदै जाने पनि स्पष्ट पारेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष